२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कुहिएको राहत चामल फिर्ता

२९ चैत्र २०७६, शनिबार ०६:०२

चैत २९, परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्र्देशन दिएको छ ।

नगरपालिकाले राहत भन्दै दिएको चामल कुहिएकाले वडाध्यक्षलाई फिर्ता दिइएको रामग्राम–६ का सोहन केवटले बताउनुभयो । “हामीले खानै नसक्ने सडेको चामल दिइएको छ, तौलमा पनि कम छ, सोयाबिनमा पनि कीरा परेको छ, हामीले कसरी खाने ?”, उहाँले भन्नुभयो ।

नगरपालिकाले पहिलो चरणमा दश किलोको दरले चामल वितरण गरेको थियो । त्यसमा पनि आधादेखि एक किलोसम्म तौलमा कमी भेटिएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाले राहतका नाममा मजदुर वर्गको स्वास्थ्यमाथि खेलबाड गरेको आरोप स्थानीयवासी सुरेन्द्र कोहाँरले  लगाउनुभयो । 

राहतस्वरुप वितरण गरिएको चामल, स्वायबिन लगायत गुणस्तरहीन भेटिएपछि राहत पाएका रामग्राम–३,६ र ११ का अधिकांशले वडाध्यक्ष तथा नगरपालिकामा लगेर फिर्ता गरेका हुन् । नगरपालिकाले राहत वितरणमा गम्भीर त्रुटि गरेको आरोप समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले लगाउनुभयो ।

अहिलेको अवस्थामा सङ्कटको बेला फाइदा उठाउन खोज्ने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीेले माग गर्नुभयो । नगरपालिकाले लकडाउनका कारण प्रभावित बनेका नगरका दुई हजार ३०० अतिविपन्न तथा मजदूर वर्गलाई बिहीबारदेखि पहिलो चरणको राहत वितरण थालेको हो । पहिलो चरणमा प्रतिपरिवार दश किलो चामल, एकएक किलो दाल र  नुन, आधा किलो सोयाविन र दुई साबुनको दरले राहत  वितरण गरिएको हो ।

नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले चामलको गुणस्तरमा गुनासो आएकाले आवश्यक जाँचबुझ अघि बढाइएको बताउनुभयो । “यसमा त्रुटि भएको भए नैतिक रुपमा नगरपालिकाका तर्फबाट म जिम्मेवारी लिन्छु, यसलाई सुधार गर्ने प्रक्रिया हामी अगाडि बढाउँछौँ, बाँडेको सबै चामल आजै(शुक्रबार) नगरपालिकामा झिकाएर गुणस्तर जाँच गर्छाैँ र गुणस्तर चामल वितरण गर्छाैँ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान