Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा स्थानीय तहमै पुगेर कोरोना जाँच

२०७६, २९ चैत्र शनिबार ११:१७

रामबहादुर थापा, चैत २९, बागलुङ । स्थानीय तहमै कोभिड–१९को दु्रत जाँच (¥यापिड टेष्ट) भइरहेको छ । अगामी सोमबारसम्ममा जिल्लाका दशवटै स्थानीय तहका शङ्कास्पद ९७१ जनामा कोरोनाको दु्रत जाँच गरिनेछ । 

सङ्क्रमितसँग  सम्पर्क भएका र विदेशबाट आएका सबैमा कोरोना जाँच गरिने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । दु्रत जाँचका लागि जिल्लाभर स्वास्थ्य प्राविधिक खटिएका छन् । 

शुक्रबार ९४ जनामा जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जनाइए पनि त्यसको विस्तृत जानकारी स्वास्थ्य मन्त्रालयले गराउनेछ । तीमध्ये बागलुङ नगरपालिकाका २८ जना, बडिगाड गाउँपालिकाका ५९ र तमानखोला गाउँपालिकाका सातजनामा कोरोना जाँच गरिएको थियो ।

कार्यालय प्रमुख सुरज गुरौका अनुसार बागलुङ नगरपालिकामा कुल १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जनामा कोरोना जाँच गरिनेछ ।

“¥यापिड टेष्टका लागि जिल्लाभर स्वास्थ्यकर्मीको चार टोली परिचालित छ”, उहाँले भन्नुभयो, “स्थानीय तहसँगको समन्वयमा जाँचको काम भइरहेको छ ।” स्थानीय तहले निर्माण गरेका ‘क्वारेनटाइन’ स्थलमा बोलाएर शङ्कास्पद व्यक्तिमा कोरोना जाँच्ने गरिएको छ ।

ढोरपाटन, बडिगाड, तमानखोला र निसीखोलामा शुक्रबारदेखि शुरु भएको दु्रत जाँच शनिबार सकिँदैछ । बागलुङ, काठेखोला, गलकोट, जैमिनी र ताराखोलामा आइतबारसम्ममा शङ्कास्पद सबैको जाँच गरिनेछ । बरेङमा आइतबार र सोमबार जाँच हुने भएको छ ।

किटको प्रयोग गरेर गरिने ¥यापिड टेष्टको रिपोर्ट १५ मिनेटमै आउने गरेको छ । पोजेटिभ रिपोर्ट आएमा पुनः स्वाबसमेत सङ्कलन गरेर थप पुष्टिका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइनेछ ।

यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहीबार बागलुङका स्वास्थ्य प्राविधिकलाई ¥यापिड टेष्टसम्बन्धी प्रयोगात्मक अभिमुखीकरण प्रदान गरेको थियो ।

सरकारले दुईजना सङ्क्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान गरी ¥यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसबाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती र वडा नं. ३ की ६५ वर्षीया महिला अहिले धवलागिरि अञ्चल अस्पतालमा उपचाररत हुनुहुन्छ ।

दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । युवतीमा यही चैत १५ गते र महिलामा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको विमानबाट चैत ४ गते नेपाल आएका थिए ।

यसैबीच, ६५ वर्षीया महिलामा गरिएको कोरोनाको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि १९ वर्षीया युवतीमा गरिएको दोस्रो परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको थियो । 

लगातार दुई पटक कोरानाको नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामीलाई अस्पतालबाट घर पठाइने चिकित्सकले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे