२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सङ्क्रमितको भनाइ: ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’

३ बैशाख २०७७, बुधबार ०५:१७

तारानाथ आचार्य/खेमराज गौतम | वैशाख ३, बलेवा | आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ । चिया र तातोपानीका लागि वार्डमा विद्युतीय भाँडाको व्यवस्था छ । गत चैत १५ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएकी उहाँको स्वास्थ्य अवस्था सामान्य छ । उहाँ नेपालकै पाँचौँ सङ्क्रमित हुनुहुन्छ । 

“बिहान उठेर रुममा राखिदिएको खाजा र चियासँग खाएँ, निको हुँदै छु । “म सञ्चै छु, बरु तपाईँहरुलाई कस्तो छ”, यी युवती भन्नुहुन्छ, “अबको रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु होला !”

झण्डै दुईसाता पुग्न लागेको आइसोलेसन बसाईँबारे जिज्ञासा राख्दा युवतीले भन्नुभयो, “पछिल्लोपटक जाँच्न लगेको रिपोर्ट आएको छैन, हेरौँ के हुन्छ ।” स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको उहाँहरु दुवैको परीक्षण रिपोर्ट भने पोजेटिभ नै आएको अस्पताल बताउँछ । 

गत चैत २० गते कोरोना सङ्क्रमणको पुष्टि भएकी बानपा–३ गौडाकोटकी ६५ वर्षीया महिलाको दैनिकी पनि यसरी नै बित्ने गर्छ । उहाँले पनि एउटै जवाफ दिनुभयो, “रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु कि ! अरु त केही समस्या आएको छैन, खाजा–खाना ल्याइदिनुहुन्छ, खाएकी छु । आत्तिएकी छैन ।” उहाँ नेपालकै छैटौँ सङ्क्रमित महिला हुनुहुन्छ ।

सङ्क्रमित दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरु आफैमा पनि दह्रो आत्मबलका साथ आइसोलेसनमा बसेको अस्पतालका डा पोखरेलले बताउनुभयो । “हामीले दिएको खानुभएको छ, समस्या केही छैन”, उहाँले भन्नुभयो “आमाको बेला–बेलामा रक्तचाप बढ्ने गरेको छ तर कोरोनासँग सम्बन्धित ‘सिमटम’ केही पनि छैन ।”

खाना, पानी र औषधि उपचारमा उनीहरुको कुनै गुनासो छैन । एक्लोपनको महसुस हुन नदिन उहाँहरुलाई मोबाइल फोन प्रयोग गर्न पाउने व्यवस्था छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेल भन्नुहुन्छ, “प्रक्रियागत हिसाबले नै उनीहरुलाई अस्पतालले नतिजाको विषयमा जानकारी गराउँछ ।” चिकित्सकका अनुसार अब स्वाब लिने बेलामा मात्रै उनीहरुलाई पहिलो रिपोर्टको नतिजा जानकारी गराइने छ ।

चिकित्सकले बेलाबेलामा फोनमार्फत स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिने गरेको पोखरेलले बताउनुभयो । “समयमा खाना र सोधपुछ हुन्छ, अरु बेला पनि केही खान मन लाग्ला भनेर बिस्कुट उहाँहरु भएकै ठाउँमा व्यवस्था गरिएको छ”, डा पोखरेल भन्नुहुन्छ । 

उहाँहरुले खानामा आवश्यकताअनुसार शाकाहारी र मासु अण्डाको परिकारसमेत खाने गरेका छन् । आइसोलेसनमा रहेका दुवै जनाको हेरचाह र औषधोपचारका लागि अस्पतालले पालैपालो अस्पतालका ३० नर्स र चिकित्सक खटाउने गरेको छ । सबै चिकित्सक बिरामीको नजिक पुग्दा उहाँहरुमा सन्तुष्टि हुने गरेको अनुभूति चिकित्सकहरु बताउँछन् ।

“उपचाररत बिरामीको अवस्था स्थिर छ, नयाँ केही भेटिएको छैन”, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ भन्नुहुन्छ, “बागलुङमा आत्तिनुपर्ने अवस्था छैन, ढुक्क हुन भने मिल्दैन ।” 

बागलुङ नगरपालिकामा दुईजना कोरोना सङ्क्रमित पुष्टि भएपछि  नगरपालिकाले थप सतकर्ता अपनाउँदै लकडाउनको पालना गर्न नगरवासीमा अनुरोध गरेको छ । 

दुई हजार परिवारलाई राहत

बागलुङ नगरपालिकाले लकडाउनका कारण रोजीरोटी गुमाएका विपन्न तथा मजदुरका दुई हजार ६४ परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको छ । 

बिहान बेलुकाको छाक टार्न मुस्किल भएका नगरका दुई हजार ६४ परिवारलाई चामल, दाल, तेल, नून, वेसार, सोयाविन तथा सरसफाइका लागि आवश्यक साबुन वितरण गरिएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “स्थानीय सरकार छ, कोही भोकै मर्नुपर्ने अवस्था आउँदैन” पौडेलले भन्नुभयो “शुरुमा बजारमा कार्यरत मजदुरलाई दिवा खाना खुवाएका थियौं, अहिले घरबार बिहीन तथा अन्य जिल्लाबाट आएका मजदुरलाई खोजी–खोजी फुड बैंकबाट खाद्यन्न वितरण गर्न लागेका छौं ।” 

नगरभित्रका ठूला तथा साना आयोजनामा अन्य जिल्लाबाट आएका मजदुरहरु लकडाउनका कारण घर जान पाएका छैनन् ।

बागलुङ नगरपालिकाले वितरण गरेको राहतले दुई हजार ६४ घर परिवारका  ८ हजार २४३ जनसंख्या लाभान्वित भएको नगरपालिकाका सुचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार हालसम्म नगरपालिकाले ३६  हजार १६५ केजी चामल, दुई हजार ९७७ केजी दाल, दुई हजार २१ लिटर तेल, दुई हजार ७९० केजी नून, दुई हजार १७२ थान साबुन, ४७८ पोका सोयाबिन, २८७ केजी चना र ९२ प्याकेट बेसार वितरण गरिसकेको छ । 

चट्याङले १० घाइते

हावाहुरीसहित परेको चट्याङले लागेर बागलुङमा मात्रै १० जना घाइते भएका छन् । बागलुङ नगरपालिका–६, ७ र ८ काठेखोला गाउँपालिका ७ र जैमिनी नगरपालिका–५ मा मङ्गलबार साँझ र बिहान परेको चट्याङले लागेर उनीहरु घाइते भएका हुन् । 

घाइतेहरुको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उहाँहरुको अवस्था खतरामुक्त रहेको अस्पतालका डा ढुण्डीराज पौडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर