प्रकाश धौलाकोटी, साउन ३, तेह्रथुम । हङकङ–तेह्रथुम मञ्चको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा देवेन्द्र खापुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी, साउन ३, तेह्रथुम । हङकङ–तेह्रथुम मञ्चको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा देवेन्द्र खापुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । 
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

हङकङ–तेह्रथुम मञ्चको अध्यक्षमा खापुङ निर्वाचित

२०७३, ३ श्रावण सोमबार ११:५५

प्रकाश धौलाकोटी, साउन ३, तेह्रथुम । हङकङ–तेह्रथुम मञ्चको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा देवेन्द्र खापुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

मञ्चको उपाध्यक्षमा शमसेर तुम्बाहाम्फे, गंगा माबो र राहूल ईम्सङ, सचिवमा केशव तुम्बाहाम्फे, सह–सचिवमा मीना खापुङ, कोषाध्यक्षमा सुरेन तिगेला र सह–कोषाध्यक्षमा प्रकाश तुम्बाहाम्फे रहनुभएको छ । 

यस्तै सदस्यहरुमा रुद्र फोम्बो, विनोद ईङ्नाम, कला तुम्बाहाम्फे, दोर्ण निंलेकू, प्रताप तिलिङ्, रुपा तिलिङ्, सन्त सागर फोम्बो र याम तिगेला रहनुभएको छ । जोर्डनस्थित याक एन्ड यति रेस्टुरेण्टमा आयोजित मञ्चको अधिवेशन कांग्रेस केन्द्रिय सदस्य तथा तेह्रथुमकी सांसद सीता गुरुङको समेत आतिथ्यता रहेको थियो ।  

पार्टीको विशेष काम तथा भ्रमणका क्रममा हङकङ पुग्नुभएकीसांसद गुरुङले हङकङमा रहेर पनि जन्मथलोको विकासमा निरन्तर क्रियाशील मञ्चका पदाधिकारी तथा सदस्यहरुलाई अझै सक्रिय बन्न सुझाव दिनुभयो । उहाँले लिम्बुवानी संस्कृती, ईतिहास र पहिचानको संरक्षण तथा सम्वर्द्धनको निम्ति तेह्रथुमको सक्रान्तिबजारमा लिम्वुवानी संग्रालय निर्माणको थालनी भएको बताउनुभयो । सांसद गुरुङले संग्रहालयकालागि सरकारले ५० लाख विनियोजन गरेको सुनाउँदा किराँत याक्थुङ चुम्लुङ हङकङ परिवार हर्षित भएका थिए ।

मञ्चका अध्यक्ष श्याम ईङ्नामको अध्यक्षतामा भएको कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, दिल फोम्बो, कलाकार डिल्ली फोम्बो, किराँत याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुङ्फुङवा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

मञ्चले हङकङमा कार्यरत नेपालीहरुको सहयोगमा तेह्रथुम जिल्लाको सामाजिक विकासमा सहयोग पुर्याउने कार्य गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी