४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउन प्रभाव: एक युवाको बुङ्गकोटघाट पुलबाट खसेर मृत्यु

४ बैशाख २०७७, बिहीबार ०६:३६

अनिल अधिकारी | वैशाख ४, काठमाडौँ | चितवनमा मुजदुरी गर्दै आएका एक युवाको आफ्नै गाउँ नजिकैको बुंकोटघाटपुलबाट खसेर मृत्यु भएको छ । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्वर ५ स्थित बाझाघर स्थाई घर भएका होम बहादुर राना मगरको बुधबार राति पुलबाट खसेर मृत्यु भएको हो ।

घटनास्थलमा पुगेका ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्णप्रसाद काप्रीका अनुसार मृतकले बुधबार राति आफू घर आईरहेको जानकारी परिवारलाई समेत गराएका थिए । मृतक रानाले परिवारलाई आफूलाई लिन आउन भनेपछि परिवार उनलाई लिन बुधबार राति करिव ११ बजेतिर बुंकोटघाट पुगेको थियो तर पुल वरपर खोज्दा कतै फेला नपारेपछि र फोन पनि पनि नलागेपछि फर्किएका थिए । बिहिबार बिहान पुन: खोज्न जाँदा पुल मुनि मृत अवस्थामा रानाको शव फेला पारिएको हो । 


मृतक राना लकडाउन अघि परिवारसहित चितवनमा बस्दै आएका थिए । लकडाउन अघिनै उनको परिवार गाउँ फर्किए पनि उनि भने केहि दिनमा लकडाउन खुल्ने आशामा चितवनमै बसेका थिए तर लामो समयसम्म लकडाउन जारी रहेपछि उनि गाउँ फर्किएको परिवार स्रोतले बताएको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशको सिमाना समेत रहेको बुढीगण्डकीस्थित बुंकोटघाट पुलमा लकडाउनको कारण स्थानीयले आवतजावतमा कडाई गर्दै पुलमा छेकबार गरेका छन् । बुधबार राति उक्त छेकबार पार गरेर केहि वर आएपछि नदि किनारमा खसेको वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले जानकारी दिएका छन् । उनले भने – 'छेकबार लगाइएको ठाउँबाट खसेका होइनन् । त्यहाँबाट खस्दा नदीले बगाउथ्यो, केहि वर आएपछि खसेका हुन् । परिवारका सदस्यलाई समेत पुलसम्म लिन आउन भनि फोनमार्फत खबर गरेका कारण उनि पुलको छेउमा आई बसेको अवस्थामा निदाएर वा झुक्किएर खसेको हुन सक्छन् ।' 

बिहिबार बिहान पुलबाट खसेको व्यक्ति समेत सोहि छेकबार नाघ्ने क्रममा खसेको आरोप लगाइएको थियो । तर त्यहाँबाट खस्दा सिधै नदीमा खस्ने घटनाको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

पुल तथा सडकमा छेकबार नलगाउन भन्दै बिरोध

जारी लकडाउनमा पुलबाट मानिसहरु वारपार गर्न सक्ने तथा कोरोना नियन्त्रणमा गरिएका प्रयासहरु विफल हुनसक्ने भन्दै बुंकोटघाट पुलमा स्थानीयले छेकबार गरेका छन् । साथै सडकमा समेत रुख ढालेर सवारी आवातजावतमा अवरोध खडा गराइएको छ । यस विषयमा बिभिन्न टिप्पणीहरु गरिएका छन् । 

रूख काटेर बाटो छेकेको तथा पुलमा छेकबार गरिएको भन्दै बिरोध गरिएको हो । त्यसरी छेकबार गर्दा तथा बाटोमा अवरोध गर्दा अत्यावश्यक एम्बुलेन्स सेवा समेत प्रभावित हुनसक्ने भन्दै आलोचना गरिएको छ । सडक तथा पुलमा भाँजो हालेर समस्याको समाधान नहुने भन्दै त्यसलाई हटाउन आग्रह गरिएको छ । 

माथिको तश्वीर: ज्वालामुखि ५ स्थित सडकमा स्थानीयले सडक छेक्न ढालेको रुख पार गर्ने क्रममा लकडाउन पालना गर्न भन्दै माइकिङ गर्दै हिडेको एक टोली । तश्वीर: फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ