२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल फर्कन लागेका छ जना क्वारेन्टाइनमा

२०७७, ५ बैशाख शुक्रबार ०३:३१

वैशाख ५, सिरहा | भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जनालाई सिरहा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका छ जनालाई प्रहरीले पक्राउ गरी क्वाइरेन्टाइन पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । 

भारतको विभिन्न शहरमा राजमिस्त्रीको काम गरी फर्किरहेका छ जनालाई प्रहरीले भारतीय सीमामा पुगेर नियन्त्रणमा लिई भारतको विहारस्थित मधुवनी जिल्लाको लदनियाँ थानालाई क्वारेन्टाइनमा राख्न जिम्मा लगाए पनि उनीहरु नेपाल आइपुगेका हुन् ।

हिरासतबाट फरार एक पक्राउ

प्रहरी हिरासतबाट फरार एक युवकलाई बिहीबार सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारीको टोलीले प्रहरी हिरासतबाट फरार सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–३ निवासी ३३ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । बहुविवाह मुद्दामा थुनामा रहेका यादव गत मङ्सिर १४ गते प्रहरी हिरासतबाट फरार भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै