2026-10-29 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा स्वाब परीक्षण गरिएका पाँचको रिपोर्ट नेगेटिभ, स्वास्थ्यकर्मीको टोली गाउँपालिकामा

वैशाख ८, डोल्पा | डोल्पामा स्वाब परीक्षण गरिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार जिल्लामा पुगेको कोभिड–१९ द्रुत परीक्षण किटबाट पहिलोपटक पाँचको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । 

जिल्ला बाहिरबाट आएर होम क्वारेन्टाइनमा रहेका दुईसहित पाँच जनालाई पहिलोपटक द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा सिजन रावलले जानकारी दिनुभयो । डोल्पाका स्थानीय तहले भारत तथा अन्य मुलुकबाट आएका सर्वसाधारणको यकिन तथ्याङ्क नदिँदा धमाधम परीक्षण गर्न नसकिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

स्वास्थ्यकर्मीको टोली गाउँपालिकामा

भारतबाट आएका आठ जना सर्वसाधारणको दु्रत डाइग्नोस्टिक परीक्षणका लागि आइतबार किटसहित चिकित्सकको टोली जगदुल्ला गाउँपालिका सदरमुकाम दुनैबाट हिँडेको छ । उनीहरुको परीक्षणका लागि जिल्ला अस्पतालमा कार्यरत डा मछिन्द्र बडुवालको नेतृत्वमा चार जनाको टोली आइतबार गाउँपालिकातर्फ गएको जिल्ला अस्पतालले जनाएको छ ।

उक्त टोलीले जगदुल्ला गाँउपालिकामा दु्रत परीक्षण कीटद्वारा स्वाब परीक्षण सकेर मुड्केचुला गाउँपालिका जाने बताइएको छ । मुड्केचुला गाउँपालिकामा पनि भारतबाट आएका केही सर्वसाधारण रहेकाले उनीहरुको पनि परीक्षण गर्ने अस्पतालले जनाएको छ । स्थानीय तहले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिको द्रुत परीक्षणका लागि बोलाएको खण्डमा तुरुन्तै किटसहित चिकित्सकको टोली खटाएर परीक्षण गरिने डा रावलले बताउनुभयो ।

डोल्पामा कोरोना आरडिटी परीक्षण किट १४० थान, मलेरियाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट आइपुगेको छ । जिल्लामा तीन हजारभन्दा धेरै मानिस भित्रिएको भए पनि कुन स्थानीय तहमा कति जना विदेशबाट आए भन्ने तथ्याङ्क कसैसँग छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो