२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङकी १९ वर्षीया युवती भन्छिन, “म ढुक्क छु, कोरोना जित्छु”

२०७७, ११ बैशाख बिहीबार १२:०८

जमुनावर्षा शर्मा, तारानाथ आचार्य, वैशाख ११, चिप्लेढुङ्गा । बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको पाँचौँ पटकमा कोराना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।  बागलुङ नगरपालिका वडा नं ४ कुडुलेकी १९ वर्षीया बेल्जियमबाट गत चैत ४ मा कतार एयरवेजको क्युआर ६५२ को जहाजबाट नेपाल आउनुभएको थियो । चैत १५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइशोलेशन वार्डमा उहाँ उपचाररत हुनुहुन्छ । 

अस्पतालको २७ दिनको बसाइमा गरिएको पाँचौँ पटकको परीक्षणमा कोरोनो नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो ।  रिपोर्ट नेगेटिभ आएपछि पहिलो पल्ट रासससँग कुरा गर्दै युवतीले भन्नुभयो, “निकै खुशी लागेको छ, अब अर्को परीक्षण पनि पक्कै नेगेटिभ आउँछ भन्ने लागेको छ, आफूभन्दा पछि आउनुभएकी आमा आफूभन्दा छिट्टै सञ्चो भएर जाँदा कताकता मलाई सञ्चो हुन्न कि जस्तो लागेको थियो तर अरु स्वास्थ्य समस्या नभएकाले कोरोना जित्छु भन्ने आत्मविश्वास थियो ।” 

उहाँले  परिवार, साथीभाइ र चिकित्सकको विशेष निगरानीले आफूलाई कारोना जित्ने हौसला मिलिरहेको बताउनुभयो । आइशोलेशनमा बस्दा उहाँ मोबाइलमा साथीहरुसँग च्याट गर्ने, गीत सुन्ने र टिकटक हेरेर दिन बिताउनुहुन्थ्यो । 

डा पोखरेलले एकचोटिको परीक्षणको रिपोर्टले मात्र डिस्चार्ज गर्न नमिल्ने भएकाले शुक्रबार पुनः अर्को नमूना परीक्षणका लागि पठाइने बताउनुभयो । “सामान्यतः एक चोटिको रिपोर्ट मात्रै आधिकारिक हुँदैन, पुन दोस्रो पल्टको परीक्षण नतिजापछि मात्र डिस्चार्ज गर्न मिल्छ, ९० प्रतिशत नेगेटिभ नै हुन्छ, अपवादको रुपमा बाहेक अब उनले कोरोनालाई जितेकी छिन् । हामी सबै खुशी छौँ ।”

यसअघि यी युवतीसँगै बेल्जियमबाट बागलुङ आएकी ६५ वर्षीया सोही अस्पतालबाट  कोरोनालाई जितेर घर फर्किसक्नुभएको छ । 

निको हुँदै संक्रमित

बलेवा– काठमाडौँ बाहिर कोरोना संक्रमित भेटिएको बागलुङ दोस्रो जिल्ला हो । गत चैतमा बेल्जियमबाट कतार हुँदै बागलुङ आएका दुई जनामा जाँच गर्दा पाँच दिनका बीचमा दुई जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भयो । यसभन्दा पहिला कञ्चनपुरका एक युवकमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

बाँकी तीन जना काठमाडौँमै थिए । चैत १५ देशकै पाँचौंँ संक्रमित बागलुङकी युवतीमा कोरोनाको संक्रमण पुष्टि भयो । त्यसपछि छैटौंँ संक्रमित पनि बागलुङकै ६५ वर्षीया  हुनुहुन्थ्यो । उहाँको चैत २० गते कोरोना संक्रमणको पुष्टि भएको हो । त्यसपछि भएका लगातारका जाँचमा  दुई पटकसम्म कोरोनाको जाँच नेगेटिभ आएपछि यही वैशाख ६ गते घर फर्किसक्नुभएको छ । 

उहाँभन्दा पाँच दिन पहिला अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना भएकी युवतीको पनि पाँचौंँ पटकको थ्रोट स्वाब जाँचमा आज कोरोना नेगेटिभ आएको छ । “ यो उहाँ निको हुनुभयो भन्ने संकेत हो”, अस्पतालका प्रमुख डा  पोखरेलले भन्नुभयो, “मेडिकल साइन्सका अनुसार ४८ घण्टामा अर्को जाँच हुन्छ ।

” अठ्चालीस घण्टाभित्रै हुने जाँचमा  पुनः नेगेटिभ आएमा अस्पतालले घर पठाउने छ । उहाँको प्रादेशिक प्रयोगशाला, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थ्रोट स्वाबको परीक्षण भएको हो । शुरुदेखि नै कुनै संकेत नदेखिनुभएकी उहाँ निको भइसकेको चिकित्सक बताउँछन् ।

 विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार समयसीमा राखेर बिरामीको थ्रोट स्वाब संकलन र त्यसको नतिजाका आधारमा औषधोपचार हुने पोखरेलले बताउनुभयो ।  उहाँमा चैत १५ गते कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो ।

 चार पटकसम्म पोजेटिभ देखिए पनि पाँचौँ पटक बुधबार पठाइएको स्वाबको आजको रिपोर्टमा  नेगेटिभ आएको हो । यो रिपोर्टपछि  अञ्चल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि खुशी भएका छन् । युवती पनि सञ्चो भएर घर फर्केपछि बागलुङमा कोराना संक्रमित रहने छैनन् ।

 जिल्लाका एक हजार जनामा आरडिटी भएको छ । उनीहरुको पनि नेगेटिभ रिपोर्ट आएको थियो । भारत र अन्य देशबाट आएकाहरु क्वारेन्टाइनमा राखिएपछि गरिएको परीक्षणमा नेगेटिभ आएपछि घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा