२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा क्वारेन्टाइनमा बसेका नेपालीको स्वागत, भारतीयको बिदाइ

१३ बैशाख २०७७, शनिबार १४:०९

नरेश केसी र माधव बेल्बासे | वैशाख १३, लुम्बिनी | लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालका क्वारेन्टाइनमा राखिएका भारतीयलाई आज बिदाइ गरी भारतीय अधिकारीसमक्ष हस्तान्तरण गरिएको छ ।  कोरोना भाइरस सङ्क्रमण रोक्न लागु गरिएको लकडाउनपछि भारतीय क्वारेन्टाइनमा बसेका नेपाली शुक्रबारदेखि नै नेपाल सरकारले घर फर्काउन शुरु गरेको छ । उनीहरुलाई सीमा क्षेत्रमा नेपाली जनप्रतिनिधि तथा अधिकारीले स्वागत गरेका थिए ।  

रुपन्देहीको भैरहवास्थित नीमा–प्रतिमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएका १५४ र कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ३६ भारतीयलाई आज भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका नगर प्रमुख हरिप्रसाद अधिकारीका अनुसार शिक्षालयको क्वारेन्टाइनमा राखिएका मजदूरलाई भारतीय अधिकारीसमक्ष आज हस्तान्तरण गरिएको हो ।  नेपालका विभिन्न ठाउँमा काम गर्ने भारतीयलाई  लकडाउनका कारण हिँडेरै घर जाने क्रममा सीमा बन्द भएपछि नेपाल भारत सीमा क्षेत्र दशगजाबाट नेपाली क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । 

उनीहरुलाई गत चैत १८ गते नेपाल सरकारको निर्देशनमा सिद्धार्थनगर पालिकाको व्यवस्थापनमा  प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएको थियो ।  स्वदेश फर्कनुअघि क्वारेन्टाइनमा २५ दिन बिताएका भारत कानपुरका हेमन्त कुमारले भन्नुभयो, “लकडाउनको कारण २५ दिन क्वारेन्टाइन बस्नुपर्दा नेपाली पक्षका तर्फबाट व्यवस्थापन राम्रो भयो, कुनै प्रकारको समस्या ब्यहोर्नु परेन ।”

सिद्धार्थनगर पालिका भैरहवाले दैनिक दुई पटक नास्ता र  बिहानसाँझ खानाको व्यवस्थासहित  व्यवस्थित ढंगले कोठामा राखेको पालिकाका वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताउनुभयो । क्षेत्रीका अनुसार क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्यवस्था नियमित रुपमा जाँच गर्न नगरको स्वास्थ्य शाखाको टोली तथा सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको थिए ।


यसैबीच भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपाली पनि स्वदेश फर्किने क्रम जारी छ । शुक्रबार साँझ १०१ जनालाई स्वदेश फर्काएको थियो भने आज थप १ १२  नेपाली स्वदेश फर्केका छन् । अन्य आउने क्रम जारी  छ ।उनीहरु  २५ दिनदेखि नौतनवा क्वारेन्टाइनमा बसेका थिए । भारतबाट नेपाल फर्किनेहरुको बेलहियामा कोरोना संक्रमणको आरडिटी गरेर मात्र मुलुक प्रवेश गराइएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले बताउनुभयो ।

क्वारेन्टाइनमा रहेका सबैलाई एकै पटक ल्याएर परीक्षण गर्न कठिन हुने भएपछि उनीहरुलाई तीन चरणमा नेपाल ल्याउन थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । नौतनवा क्वारेन्टाइनमा रहेकामध्ये २९८ जनालाई नेपालआउने अनुमति दिइएको छ । यद्यपि नौतनवामा रहेका तीन क्वारेन्टाइनमा ३४६ जना  छन् ।  मार्च ३० पछि क्वारेन्टाइनमा आएकाहरुलाई अहिले अनुमति नदिएको बताइएको छ ।

३५ भित्रिए, ३६ लाई पठाइयो भारत 

चन्द्रौटा– कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५  नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ । चौध दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीलाई आज आरडिटी गरी नेपाल भित्र्याइएको छ ।

भारतका चण्डीगढ, दिल्ली, पञ्जाबलगायत ठाउँमा रोजगारीका लागि गएका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो । दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीलाई नेपाल प्रवेश र भारतीयलाई भारत पठाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । सबैको स्वास्थ्य परीक्षण गरेर नेपाल प्रवेश गराइएको जनाइएको छ ।

भारतबाट नेपाल प्रवेश गराएका नागरिकलाई गन्तव्यसम्म नगरपालिकाले पुर्याइने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताउनुभयो । नेपाल भित्रिएका अधिंकाश नागरिक दाङ, रुपन्देही र  कपिलवस्तुका हुन् । नेपाल प्रवेश गरेका सबै नागरिकको आरडिटी नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउन लागिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य