२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तीन सय हुम्लीको उद्धार, अन्यको बिचल्ली

२०७७, १५ बैशाख सोमबार ०३:१७

वैशाख १५, हुम्ला | नेपाल सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ । 

कर्णाली प्रदेश सरकारले बाँके र  सुर्खेतमा अलपत्र ३१५ जनालाई मुगुसम्म आफैँले भाडा हाली घर पठाएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुम्ला सचिवालय सदस्य छवि थापाले जानकारी दिनुभयो । आइतबार राति सुर्खेत र बाँकेबाट सर्केगाड –१ देखि ८ सम्मका  नागरिकको उद्धार गरिएको छ । 

बाँकी रहेका अन्यको आज पनि उद्धार गरिने जनाइएको छ ।  उद्धार गरिएका नागरिकले प्रदेश सरकारसँग १४ दिन क्वारेन्टाइनमा बस्ने सहमति गरेका छन् ।  जिल्लाका अन्य बाँकी ६  गाउँपालिकाले जिल्ला बाहिर रहेका आफ्ना नागरिकको उद्धारमा चासो नदिँदा र जिल्ला बाहिर कति छन् भन्ने तथ्याङ्क प्रदेश सरकारलाई नदिँदा उद्धार गर्न नसकिएको सामाजिक विकास मन्त्रालय स्रोतले बताएको छ । 

अन्यको बिचल्ली

काम र अध्ययनका सिलसिलामा  बाँके र सुर्खेतमा रहेका हुम्लीले घर जान पाऊँ भन्दै सबैलाई समस्या दर्शाउँदै आएका छन् ।

नेपालगञ्ज विमानस्थल नजीकै आसपास क्षेत्रका होटेलमा महिना दिनसम्म बसेका हुम्लीहरु  लकडाउन खुल्ने छाँट नदेखेपछि प्रदेश र स्थानीय सरकारलाई हुम्ला पुर्याइदिन हारगुहार गर्न थालेका छन् ।  “चुनाव आउँदा मात्रै हामी जनता चाहिने रहेछौँ, आपत्विपत्का बेला महिनौँ दिनसम्म कसैले चासो दिएन”, सिमकोट –२ का रामबहादुर बोहराले गुनासो गर्नुभयो ।

होटेलमा प्रतिदिन रु आठनौ सय खर्च भएको तथा घर फर्कने गाडी र जहाज भाडासमेत नभएको महेन्द्र बोहराले बताउनुभयो । बाँके र सुर्खेत आइपुगेका छ सयदेखि सात सय हुम्ली लकडाउनमा फसेको अनुमान छ । 

कर्णाली प्रदेशका कालीकोट, सल्यान, जाजरकोट, कालीकोट, जुम्लालगायत जिल्लाका स्थानीय तहले आआफ्ना नागरिक उद्धार गरे पनि हुम्लाका ६ वटै स्थानीय तहले यस विषयमा कुनै चासो नदिँदा उनीहरुले आक्रोश व्यक्त गर्न थालेका छन् । गत बिहीबार प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले उद्धार गर्ने निर्णय गरे पनि हालसम्म कुनै टुङ्गो लागेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै