सन्तोषकुमार गुप्ता, साउन ४, दाङ । लमही नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनैनितक दलका प्रतिनिधि र कार्याकारी अधिकृत बीच आरोपत्यरोप सुरु भएको छ । राजनैतिक दलका प्रतिनिधिहरुले कार्यकारी अधिकृत ललितकुमार थापाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन ४, दाङ । लमही नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनैनितक दलका प्रतिनिधि र कार्याकारी अधिकृत बीच आरोपत्यरोप सुरु भएको छ । राजनैतिक दलका प्रतिनिधिहरुले कार्यकारी अधिकृत ललितकुमार थापाले"/>
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

देउखुरीको लमही नगरपालिकामा राजनैतिक दल र कार्यकारी अधिकृत बीच आरोपत्यारोप

४ श्रावण २०७३, मंगलवार ०५:५०

सन्तोषकुमार गुप्ता, साउन ४, दाङ । लमही नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनैनितक दलका प्रतिनिधि र कार्याकारी अधिकृत बीच आरोपत्यरोप सुरु भएको छ । राजनैतिक दलका प्रतिनिधिहरुले कार्यकारी अधिकृत ललितकुमार थापाले एकलौटी रुपमा अघि वढ्न खोजेको, प्रकृया मिचेर कर्मचारी भर्ना गरेको जस्ता आरोपहरु लगाउदै सार्वजनिक गरेपछि अधिकृत र दलका प्रतिनिधिहरुका बीच आरोपत्यरोप चलेको हो ।

     अधिकृत थापाले पनि दलहरुले जारी गरेको विज्ञप्तीको खण्डन गर्दै सोमबार लमही नगरपालिकाको कार्यकक्षमा पत्रकार सम्मेलन गरी दलहरुले लगाएको आरोपको खण्डन गदै आफ्नो वचाउ गरेका छन् । नगरपालिकाका प्रतिनिधित्व गर्ने अधिकांश दलका प्रतिनिधिहरुले अधिकृत थापाको सरुवा गर्नु पर्ने माग गदै आइृतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पछि अधिकृत थापाले सोमबार आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाउँदै पत्रकार सम्मेलन मार्फत दलहरुले लगाएको आरोपको खण्डन गदै नगरपालिकामा सम्पादन गरिएका सवै कामहरु नियम संगत रुपमा गरिएको वताउनु भएको छ । 

      अधिकृत थापाले राजनैतिक दलहरुका प्रतिनिधिकै निर्णयको आधारमा कर्मचारी भर्ना गरेको वताउदै आएका हुन् । नगरपालिकाका कार्यकारी अधिकृतले प्रकृया विपरीत काम गरेको भन्दै राजनैतिक दलहरुले प्रमुख जिल्ला अधिकारीलाई वुझाएको ज्ञापन पत्र बोदार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पठाएका छन् ।

सवारी साधन सार्वजनिक खरिद ऐन अनुसार टेण्डर मार्फत खरिद गरिएको, पदपुर्ती समितिका अध्यक्ष संगको समन्वयको आधारमा काम गरेको, कार्यालय भवन ई विडिङ्ग मार्फत सार्वजनिक खरिद अनुगमन कार्यालयमा टेण्डर गरेको, परामर्शदाता आर्थिक नियम कानुन अनुसार राखेको, कार्यालय सममा मापदक पदार्थ सेवन नगरेको गरेको भए प्रमाण दिनुपर्ने उल्लेख गरेका छन् ।

यसैगरी फोहर मैला ब्यवस्थापन समिति निर्देशीका अनुसार गठन भएको, नगरपरिषदले गरेको निर्णय अनुसारनै नगरपालीकाले रकम लिएर नक्सा पास गर्ने गरेको, नगरपालीकाको आम्दानी खर्च जुनसुकै वेला हेर्न सक्ने अधिकार नगरवासीमा रहेको, योजनाको रकम भुक्तानी प्रकृयागत रुपमा गरेको, नगरपालीका भित्र रहेको ईपील जातको रुख भवन वनाउदा काटीएको र विज्ञप्ती जारी गर्ने ब्यक्तिहरुकै दस्तखत वाट उक्त काठ विक्रि गर्ने निर्णय भएको अधिकृत थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४