सन्तोषकुमार गुप्ता, साउन ४, दाङ । लमही नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनैनितक दलका प्रतिनिधि र कार्याकारी अधिकृत बीच आरोपत्यरोप सुरु भएको छ । राजनैतिक दलका प्रतिनिधिहरुले कार्यकारी अधिकृत ललितकुमार थापाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन ४, दाङ । लमही नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनैनितक दलका प्रतिनिधि र कार्याकारी अधिकृत बीच आरोपत्यरोप सुरु भएको छ । राजनैतिक दलका प्रतिनिधिहरुले कार्यकारी अधिकृत ललितकुमार थापाले"/>
२०८२, ४ चैत्र बुधबार
दाङ्ग - DNG

देउखुरीको लमही नगरपालिकामा राजनैतिक दल र कार्यकारी अधिकृत बीच आरोपत्यारोप

२०७३, ४ श्रावण मंगलवार ०५:५०

सन्तोषकुमार गुप्ता, साउन ४, दाङ । लमही नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनैनितक दलका प्रतिनिधि र कार्याकारी अधिकृत बीच आरोपत्यरोप सुरु भएको छ । राजनैतिक दलका प्रतिनिधिहरुले कार्यकारी अधिकृत ललितकुमार थापाले एकलौटी रुपमा अघि वढ्न खोजेको, प्रकृया मिचेर कर्मचारी भर्ना गरेको जस्ता आरोपहरु लगाउदै सार्वजनिक गरेपछि अधिकृत र दलका प्रतिनिधिहरुका बीच आरोपत्यरोप चलेको हो ।

     अधिकृत थापाले पनि दलहरुले जारी गरेको विज्ञप्तीको खण्डन गर्दै सोमबार लमही नगरपालिकाको कार्यकक्षमा पत्रकार सम्मेलन गरी दलहरुले लगाएको आरोपको खण्डन गदै आफ्नो वचाउ गरेका छन् । नगरपालिकाका प्रतिनिधित्व गर्ने अधिकांश दलका प्रतिनिधिहरुले अधिकृत थापाको सरुवा गर्नु पर्ने माग गदै आइृतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पछि अधिकृत थापाले सोमबार आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाउँदै पत्रकार सम्मेलन मार्फत दलहरुले लगाएको आरोपको खण्डन गदै नगरपालिकामा सम्पादन गरिएका सवै कामहरु नियम संगत रुपमा गरिएको वताउनु भएको छ । 

      अधिकृत थापाले राजनैतिक दलहरुका प्रतिनिधिकै निर्णयको आधारमा कर्मचारी भर्ना गरेको वताउदै आएका हुन् । नगरपालिकाका कार्यकारी अधिकृतले प्रकृया विपरीत काम गरेको भन्दै राजनैतिक दलहरुले प्रमुख जिल्ला अधिकारीलाई वुझाएको ज्ञापन पत्र बोदार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पठाएका छन् ।

सवारी साधन सार्वजनिक खरिद ऐन अनुसार टेण्डर मार्फत खरिद गरिएको, पदपुर्ती समितिका अध्यक्ष संगको समन्वयको आधारमा काम गरेको, कार्यालय भवन ई विडिङ्ग मार्फत सार्वजनिक खरिद अनुगमन कार्यालयमा टेण्डर गरेको, परामर्शदाता आर्थिक नियम कानुन अनुसार राखेको, कार्यालय सममा मापदक पदार्थ सेवन नगरेको गरेको भए प्रमाण दिनुपर्ने उल्लेख गरेका छन् ।

यसैगरी फोहर मैला ब्यवस्थापन समिति निर्देशीका अनुसार गठन भएको, नगरपरिषदले गरेको निर्णय अनुसारनै नगरपालीकाले रकम लिएर नक्सा पास गर्ने गरेको, नगरपालीकाको आम्दानी खर्च जुनसुकै वेला हेर्न सक्ने अधिकार नगरवासीमा रहेको, योजनाको रकम भुक्तानी प्रकृयागत रुपमा गरेको, नगरपालीका भित्र रहेको ईपील जातको रुख भवन वनाउदा काटीएको र विज्ञप्ती जारी गर्ने ब्यक्तिहरुकै दस्तखत वाट उक्त काठ विक्रि गर्ने निर्णय भएको अधिकृत थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी