२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान, तल्लोस्वराडमा एक किशोरी मृत फेला

१६ बैशाख २०७७, मंगलवार ०३:०८

वैशाख १६, बैतडी | महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गर्नुभएको छ । दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले सोमबार रगत दिनुभएको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले एक युनिट तथा ३५० एमएल रगत दिनुभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । बी पाजेटिभ रगत अभाव भएपछि बिरामीका आफन्तले सशस्त्र प्रहरीलाई गुहारेको थियो । युवतीको अहिले जिल्ला अस्पतालमै उपचार भइरहेको छ । रगत दानपश्चात युवतीको ज्यान बचेको डा जोशीले बताउनुभयो । “लकडाउनका बेला रगत खोज्न समस्या भइरहेका बेला रगत पाउँदा उपचारमा सहज भयो”, रगत दान गर्न पाउँदा आफू निकै खुशी भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । उहाँले भन्नुभयो “मानवीय कुरा भएर पनि आफूले रगत दिएँ, निकै खुशी छु ।”

बैतडीमा रक्तसञ्चार केन्द्र नहुँदा सेना प्रहरीकै भर पर्नुपर्ने बाध्यता कायमै छ । सुदूरपश्चिम प्रदेश सरकारले रक्तसञ्चार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरेको भए पनि जिल्लामा हालसम्म केन्द्र सञ्चालन हुनसकेको छैन । रक्तसञ्चार केन्द्र सञ्चालनका लागि रेडक्रसलाई जिम्मा दिए पनि जनशक्तिको अभाव रहेको डा जोशीले बताउनुभयो । “प्रदेश सरकारले विनियोजन गरेको बजेटले मेसिन खरिद गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलित रगत एक महिनासम्म खपत गरिसक्नुपर्ने हुन्छ, जिल्लामा रगत आवश्यक पर्ने घटना कम हुन्छन्, केन्द्र स्थापनाका लागि केही समस्या भएको छ ।” 

किशोरी मृत फेला

बैतडीको तल्लोस्वराडमा एक किशोरी सोमबार मृतावस्थामा फेला परेकी छन् । शिवनाथ गाउँपालिका–४ की १८ वर्षीया गीता महर मृत फेला परेकी हुन् ।

शनिबार घरबाटै एक्कासि बेपत्ता भएकी गीता गाउँपालिका–२ स्थित दोगडाखोलामा मृतावस्थामा फेला परेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गीताको खोलाले बगाएर अर्थात् के कारण मृत्यु भएको भन्नेबारे खुल्न सकेको छैन ।” घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य