साउन ४, पाँचथर । खुकुरी प्रहारबाट पाँचथरमा एक व्यक्तिको ज्यान गएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।  

फिदिम–२ ओदिनका १९ वर्षे कुन्दन भनिने मनोज तुम्बापोले गएराति खुकुरी प्रहार गरी ओदिनका ४९ वर्षे देवराज इङ्वाको हत्या गरेको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, पाँचथर । खुकुरी प्रहारबाट पाँचथरमा एक व्यक्तिको ज्यान गएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।  

फिदिम–२ ओदिनका १९ वर्षे कुन्दन भनिने मनोज तुम्बापोले गएराति खुकुरी प्रहार गरी ओदिनका ४९ वर्षे देवराज इङ्वाको हत्या गरेको प"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

खुकुरी प्रहार गरि आफ्नै बुवाको हत्या, छुट्याउन गएका २ छोराछोरी गम्भीर घाइते

२०७३, ४ श्रावण मंगलवार १०:३७

साउन ४, पाँचथर । खुकुरी प्रहारबाट पाँचथरमा एक व्यक्तिको ज्यान गएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।  

फिदिम–२ ओदिनका १९ वर्षे कुन्दन भनिने मनोज तुम्बापोले गएराति खुकुरी प्रहार गरी ओदिनका ४९ वर्षे देवराज इङ्वाको हत्या गरेको पाँचथरका प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

देवराजका छोरा आइन्द्र र छोरी सावित्रा पनि खुकुरी प्रहारबाट गम्भिर घाइते भएका छन् ।  छिमेकी जय तुम्बापोको घरमा क्रियापुत्री रुग्ने क्रममा राति भेला भएका कुन्दन र देवराजको विवाद भएको थियो ।

विवादपछि देवराज आफ्नो घरतर्फ जाँदै गर्दा मनोजले देवराजलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घाइते भएका बुवालाई बचाउँन जाँदा देवराजका छोरा आइन्द्र र छोरी सावित्रालाई पनि मनोजले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीको भनाई छ । 

घाइते भएका तीनै जनालाई उपचारका लागि पाँचथर अस्पताल लैजाँदै गर्दा देवराजको बाटोमै ज्यान गएको हो । घाइते भएका आइन्द्र र सावित्राको पाँचथर अस्पतालमा उपचार सम्भव नएपछि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ । 

खुकरी प्रहार गरी फरार रहेका कुन्दनलाई प्रहरीले पक्रेको छ । तेह्रथुमको पौठाक गाविसतर्फ भागेर जाने क्रममा कुन्दनलाई पाँचथर प्रहरीले पक्राउ गरेको हो । स्रोत: उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन