२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ जनाको मृत्युको कारण कोभिड–१९ सङ्क्रमण नभएको पुष्टि

२३ बैशाख २०७७, मंगलवार ०४:२५

वैशाख २३, महोत्तरी | महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सबैको मृत्यु अन्य कारणबाट भएको जनाएको हो । 

तीन जनाको आरडिटी नतिजा नेगेटिभ आएपछि पिसीआर परीक्षण गरिएको हो । मृतकमध्ये भङ्गाहा–७ का सिकेन्द्र सिंह र सुकदेव महराको पिसीआर नतिजा पनि नेगेटिभ आइसकेको र आइतबार निधन भएका रुपनारायण सिंहको भने जाँच नतिजा आउन बाँकी रहेको सोमबार भङ्गाहा–७ मेघरोलमा आयोजित कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

बर्दिवास–१२ र भङ्गाहा–६ र ७ का जोडिएका बस्तीमा पछिल्ला ११ दिनभित्र १२ जनाको मृत्यु भएपछि गत शनिबारदेखि यहाँ स्वास्थ्य सेवा विभाग, विश्व स्वास्थ्य सङ्गठन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका दक्ष चिकित्सक टोली घटनाको कारण खोज्न अनुसन्धानमा व्यस्त छन् । हालसम्मको  अध्ययन र अनुसन्धानबाट धेरैजसोको मृत्युको कारण विषाक्त मदिरा सेवन नै भएको स्वास्थ्य सेवा विभागका दक्ष चिकित्सक डा अमृत पोखरेलले जानकारी दिनुभयो । यद्यपि मृतकहरुको भिसेरा परीक्षणको नतिजा आएपछि यकिनसाथ भन्न सकिने डा पोखरेलसहितका चिकित्सक टोलीको सामूहिक भनाइ छ ।

“बस्तीमा दिनहुँजसो भटाभट मान्छे मरिरहेपछि कोरोना हो कि भन्ने त्रास व्याप्त थियो”, अनुसन्धान टोलीमा संलग्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा खेम शर्माले भन्नुभयो, “त्यो त्रास भने अब हटेको छ, मृत्युको कारण अनियन्त्रित मदिरा सेवनसँगै जोडिएको देखिन्छ ।”

दुई नगरपालिकाका एकअर्कोसँग जोडिएका बस्तीमा यस अवधिमा मृत्यु भएकामध्ये भङ्गाहा–७ का सात, भङ्गाहा–६ का एक र बर्दिवास–१२ का चार जना छन् । मृतकमध्ये एक महिला र अन्य सबै पुरुष छन् । 

सोमबार प्रभावित बस्ती पुग्नुभएका प्रदेश नं २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साहले मृतक परिवारका आश्रित बालबालिकाको शिक्षादीक्षा र अति आवश्यकीय गर्जो टार्न प्रतिपरिवार रु एक लाख राहत प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गर्नुभयो । प्रदेशमा अब अवैध मदिराभट्टी पूर्णरूपले बन्द गर्न आवश्यक सबै तयारी गरिने मन्त्री यादवको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य