२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

प्रदेश १ बाट ६ जना कोरोना संक्रमित निको भएर घर फर्किए

२०७७, २४ बैशाख बुधबार ०६:२०

मोहम्मद सदरुल/मनोज दाहाल | वैशाख २४, विराटनगर | कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्कन पाएकामा खुशी देखिन्थे । उपचार गराइरहेका ३१ मध्ये छ आज निको भइ घर फर्केका छन् । उपचारमा खटिएका सबैको व्यवहारबाट प्रशन्नता व्यक्त गर्दै उनीहरुले नेपाल र नेपालीलाई सलाम गरेका छन् । उपचारमा रहेका अन्य सङ्क्रमित पनि उपचारको राम्रो प्रबन्ध एवं व्यवस्थापन  कारण आफूहरु पनि छिट्टै निको हुने आशामा छन् । 

धार्मिककार्य गर्न भारतबाट १३ जनाको जमात (समूह) बनाएर आएका ती जमाती (समूह सदस्य)लाई कोरोनाको सङ्क्रमण देखिएपछि प्रदेश सरकारले विशेष सुरक्षासहित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा ल्याएको थियो । उनीहरुलाई वैशाख ५ र ६ गते उदयपुर जिल्लाको भुल्केबाट ल्याइएको थियो ।

प्रदेश नं १ मा पहिलोपटक यति धेरै सङ्ख्यामा कोराना सङ्कमित देखिएपछि प्रदेश सरकारले सङ्क्रमण बढ्न नदिन लकडाउनलाई निकै कडा बनाएको छ । एकबाट अनेकमा सर्ने यो रोगबाट बच्न र बचाउन सामाजिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपाय हो ।

यी जमातीहरु विसं २०७६ मङ्सिर २६ गते दिल्लीको धार्मिक केन्द्र (मर्कज) बाट भारतको जोगबनी हुँदै नेपालको विभिन्न भाग घुम्दै उदयपुरको भुल्के पुगेको थिए । सङ्क्रमितमध्येका छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि घर पठाइएको अस्पताल प्रशासनले जनाएको छ । उनीहरु सबै भारतीय नागरिक हुन् ।

घर फर्कनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद रासिद छन् । डिस्चार्ज भएका सबै स्वस्थ देखिने र घर जान पाउने आशामा केन्द्रित जमाती अहिले व्रतमा छन् । एक महिना लगातार रोजा व्रत बस्ने मुस्लिमहरुको आज १२औँ रोजा हो भने रोजा बस्ने रोजदार रमजान महिनाको दोस्रो असरामा प्रवेश गरेका छन् । उनीहरुलाई विराटनगर–१५ स्थित मर्कज (पूर्वी आठ जिल्लाको मुस्लिमको केन्द्र) मा १४ दिन आइसोलेसनमा राखिने र पुनः स्वाब परीक्षण  गरिने व्यवस्था मिलाइएको छ  ।

सो अवसरमा घर जान लागेका अनुस जैदीले केन्द्रको उपचार कार्यमा राम्रो सेवा र सहयोगको भावना पाएको बताए । अहिले कुनै असजिलो अनुभव नभएको उनले उल्लेख गरे । उनले बन्दाबन्दी खुलेपछि नेपाल सरकारको निर्णयको आधारमा स्वदेश फर्कने जानकारी दिए ।

प्रदेश नं १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य सेवा निर्देशनालय, मन्त्रालय, अस्पतालको संयुक्त कार्यको सफलतास्वरुप आज पहिलो चरणमा सङ्क्रमित निको भइ निस्कने लागेकामा खुशी व्यक्त गरे । उनले भने– यो प्रदेश सरकारको कोरोना उपचारमा ठूलो सफलता हो । मन्त्री घिमिरेले प्रदेशमा रहेका तीन पिसीआर परीक्षणका लागि तीन हजार र  १४ जिल्लामा द्रुत परीक्षणका किट (आरडिटी) लागि  सात हजार व्यवस्था गरिएको बताए ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले निको भएर घर जान लागेका पूर्व सङ्क्रमितले केन्द्रमा रहँदा सहयोगी रहेको बताउँदै केन्द्रमा रहेका अन्यको आगामी हप्ता स्वाब परीक्षण गर्ने जानकारी दिए । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले केन्द्रका स्वास्थ्य उपचार सामग्रीको कुनै अभाव नरहेको बताए । अहिले केन्द्रमा २५ जना उपचारमा छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु