साउन ४, पर्वत । जिल्लाको दक्षीण क्षेत्रका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्न सोमबारदेखि हुवास गाविसमा ईलाका प्रशासन कार्यालयको औपाचारिक रुपमा संचालनमा आएको छ । दक्षिण भेगका बासीन्दालाई लक्षित गरी क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, पर्वत । जिल्लाको दक्षीण क्षेत्रका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्न सोमबारदेखि हुवास गाविसमा ईलाका प्रशासन कार्यालयको औपाचारिक रुपमा संचालनमा आएको छ । दक्षिण भेगका बासीन्दालाई लक्षित गरी क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जो"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हुवासमा इलाका प्रशासन

४ श्रावण २०७३, मंगलवार ११:२९

साउन ४, पर्वत । जिल्लाको दक्षीण क्षेत्रका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्न सोमबारदेखि हुवास गाविसमा ईलाका प्रशासन कार्यालयको औपाचारिक रुपमा संचालनमा आएको छ । दक्षिण भेगका बासीन्दालाई लक्षित गरी क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी र तत्तकालीन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको विशेष पहलमा दक्षिण भेगमा इलाका प्रशासन आर्थिक बर्ष ०७३÷७४ बाट शुरु गरिएको हो ।

सेवा प्रारम्भको अवसरमा इलाका प्रशासन कार्यालय हुवास वाट २ वटा नागरिकता वितरण गरिएको थियो । जसमा पहिलोे नागरिकता लिनेमा हुवास गाबिसमा बस्ने फरक क्षमता भएकी बर्ष १८ की चन्द्र कुमारी राना हुन भने अर्की उराम गाबिसकी मनिषा तिवारीले पनि नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले जानकारी दिए ।

पर्वतको दक्षीण क्षेत्रमा रहेका १६ गाविसलाई सेवा दिनको लागि इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो । उक्त क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस क्षेत्रका बासिन्दालाई नागरिकता लगायतका प्रशासनिक सेवा लिन निकै सहज हुने भएको छ । हजारौं रुपैयाँ खर्चेर प्रशासनिक कामको लागि तिन जिल्लाको फन्को मारेर सदमुकाम कुश्मा आउनु पर्ने बाध्यता हटेपछी स्थानिए बासी हर्षित भएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मरासिनीले इलाका प्रशासन कार्यालयको व्यानर खोलेर औपचारिक रुपमा सेवा भएको घोषणा गरेका थिए । इलाका प्रशासन कार्यालयको शुभारम्भ कार्यक्रममा नेपाली काङग्रेस जिल्ला कमिटि सभापती खेम प्रसाद भुषाल, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष पदम गीरी,नेकपा माओवादी केन्द्र पर्वतका अध्यक्ष कृष्ण प्रसाद पराजुली, राप्रपा पर्वतका नारायण भुषाल बिभन्न राजनितिक दलका शिर्षव्यक्तित्वहरु, बिभिन्न सघ सस्थाका प्रतिनिधिहरु लगाएतले उक्त क्षेत्रको विकास तथा सेवालाइ पारदर्शी बनाउन जोड दिने प्रतिवद्धता व्यक्त गरेका छन ।

इलाका प्रशासन कार्यालयको लागि घर भाडामा लिई ग्रामीण भेगका नागरीक लाई प्रशासनिक सेवा सुविधा दिन थालेको प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले जानकारी दिए । उनका अनुसार मासिक २५ हजार रुपैयाँ घर भाडा तिरी उक्त क्षेत्रमा प्रशासनिक सेवा सुविधा दिईन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ