२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा थप १७ जनामा कोरोना पोजेटिभ, दुई महिने शिशु पनि संक्रमित

२०७७, २४ बैशाख बुधबार ११:१२

वैशाख २४, काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।  आज थपिएका सहित नेपालमा कोरोना संक्रमितको शंख्या ९९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्ला १७ जना संक्रमितहरु वीरगञ्जका हुन् । आज संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । 

मन्त्रालय प्रवक्ता डा.देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ । 

नेपालमा हालसम्मको तथ्यांक अनुसार संक्रमित महिलाको शंख्या २७ जना रहेका छन् भने पुरुषको शंख्या ७२ रहेको छ । जसमध्ये नेपालमा कोरोना संक्रमित भई २२ जना निको भईसकेका छन् भने हालसम्म कोरोनाको कारण कसैको ज्यान गएको छैन । निको हुनेहरुमा ५ जना महिला छन् भने १७ जना पुरुषहरु रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने