रोशन तिवारी | साउन ४,  पर्वत |&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी | साउन ४,  पर्वत |&n"/>
२ माघ २०८२, बिहीबार
पर्बत - PBT

तिलाहारमा विपद व्यवस्थापन योजना तयारी कार्यशाला

४ श्रावण २०७३, मंगलवार १४:३३

रोशन तिवारी | साउन ४,  पर्वत | विद्यालयमा आधारित विपद व्यवस्थापन योजना निर्माण सम्बन्धि २ दिने कार्यशाला पर्वतको तिलाहारमा शुरु भएको छ । युरोपियन आयोगको मानविय सहायता र नागरिक सुरक्षा विभागको सहयोगमा प्लान नेपालको आर्थिक सहयोग तथा ईन्पे्रड नेपालको आयोजना र गाजा यूवा क्लव वागलुङको साझेदारीमा मंगलवार देखि कार्यशाला शुरु भएको हो ।

सुरक्षित विद्यालय कार्यक्रम सञ्चालन भईरहेको नवजागृत उच्च मावि तिलाहारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्राचार्य, शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराइएको छ । कार्यक्रममा विपद व्यवस्थापनका बारेमा विद्यालय स्तरिय विपद पूर्व तयारीको योजना तयार पारिने जनाइएको छ । कार्यशालामा प्रशिक्षक रामकुमार दहाल, प्लान नेपाल वागलुङका कार्यक्रम संयोजक भुपमणी दहाल, ईन्पे्रड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले सहजीकरण गर्ने जनाइएको छ

। कार्यशाला उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरीक्षक कृष्णप्रसाद आचार्य र श्रोत व्याक्ति प्रेमप्रसाद सुबेदीले सुरक्षित विद्यालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले समेत यो कार्यक्रममा सहकार्य गरिरहेको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा पर्वत र वागलुङमा सुरक्षित विद्यालय अन्तर्गत सञ्चालन भैरहेका कार्यक्रमका बारेमा गाजा यूवा क्लवका सामाजिक परिचालक सुर्यप्रसाद कँडेल,फिल्ड सुपरभाईजर लालबहादुर पूर्जा मगर र बलराम पौडेल, ईन्पे्रड नेपालका सामाजिक परिचालक संगीता सुबेदी र उदय भुसालले जानकारी गराउने जनाइएको छ ।

प्लान ईण्टरनेशनल नेपाल मार्फत ईन्प्रेड नेपालले पर्वतका १० विद्यालयमा र वागलुङमा गाजा यूवा क्लवले १० विद्यालयमा सुरक्षित विद्यालय कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ