२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

दश दिनअघिसम्म संक्रमित नभेटिएको प्रदेश ५ का ५३ जनामा कोरोना संक्रमण

२०७७, २९ बैशाख सोमबार १५:५९

वैशाख २९, काठमाडौँ | प्रदेश ५ मा १० दिनको अन्तरमा ५३ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ मा वैशाख १९ अघि कोहिपनि कोरोनाबाट संक्रमित भएका थिएनन् तर पछिल्ला १० दिनमा प्रदेश ५ सबैभन्दा बढी जोखिममा देखिएको छ ।  

प्रदेश ५ मा आज मात्र २३ जना संक्रमित थपिएका छन् ।  सोमबार (आज) कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका –८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

आज विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज मात्र प्रदेश ५ मा २३ नयाँ संक्रमित थपिएपछि प्रदेश ५ मा मात्र कोरोना संक्रमितको संख्या ५३ पुगेको छ । 

प्रदेश ५ का कुन जिल्लामा कति संक्रमित ? 

बाँके :२४ जना संक्रमित 

कपिलवस्तु: २१ जना संक्रमित 

रुपन्देही: ७ जना संक्रमित

बर्दिया: १ जना संक्रमित 

कुल शंख्या: ५३ जना 

यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित भई ३३ जना निको भएर घर फर्किसकेका छन् । प्रदेश ५ का सबै संक्रमित पछिल्लो पटक कोरोना पुष्टि भएका संक्रमित भएका कारण हाल सम्म प्रदेश ५ का कोहिपनि संक्रमित निको भएका छैनन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने