२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

एकै परिवारका पाँच कोरोना सङ्क्रमित

२०७७, ३० बैशाख मंगलवार ०६:३१

वैशाख ३०, उदयपुर | नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो चरणमा नै २८ जना कोरोना सङ्क्रमित देखिएको भुल्केमा एउटै घरका ६८ वर्षीया हजुरआमा, १८ वर्षीया नातिनी र ३८ वर्षीय ज्वाइँ कोरोना सङ्क्रमित भएका थिए । गत शनिबार थप चार जनामा पुनः कोरोना सङ्क्रमण देखिएपछि ती चारमध्ये दुई जना एउटै घरका ४५ वर्षीय श्रीमान् र ४३ वर्षीया श्रीमती रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

अहिलेसम्ममा नेपालकै सबैभन्दा बढी ३२ जनामा कोरोना सङ्क्रमण देखिएको भुल्केको ५५ घर मुस्लिम परिवारमध्ये दुई/तीन घरका सङ्क्रमित एउटै घरका रहेको कार्यालयले बताएको छ । हालसम्ममा भुल्केमा ३२ सङ्क्रमितमध्ये छ भारतीय जमाती, आठ भुल्केका स्थानीय नागरिक गरेर १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । बाँकी २२ जनाको कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगरमा उपचार भइरहेको छ ।

मुस्लिम परिवार र ३०० घर अन्य समुदाय रहेको भुल्केमा अहिलेसम्म ५५ मुस्लिम घरबाहेक अन्य समुदायमा भने कोरोना सङ्क्रमण पुष्टि नभएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने