२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पठाएका तीन चिकित्सक तीन हप्तामै फर्किए

३१ बैशाख २०७७, बुधबार ०२:४३

वैशाख ३१, बैतडी | कोरोनाको उपचार सहयोग पुर्याउनका लागि सङ्घीय सरकारले बैतडीमा पठाएका तीन चिकित्सक २२ दिनपछि मङ्गलबार फिर्ता भएका छन् ।  सङ्घीय सरकारले ३३ चिकित्सकलाई सुदूरपश्चिममा खटाएसँगै वैशाख ७ गते तीन चिकित्सक बैतडी पुगेका थिए । 

इन्टरनल मेडिसिन डा विकास साहनी, डा डिभान्स शाह र अर्थोपेडिक डा प्रकाश दर्जी बैतडीबाट फिर्ता हुनुभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो । बाईस दिनसम्म जिल्ला अस्पतालमा बसेर उहाँहरुले कोरोनासम्बन्धी सचेतनाका साथै अन्य सेवा दिनुभएको डा जोशीको भनाइ छ ।

चिकित्सक जिल्लामा रहँदा लकडाउनका बेला धेरै नागरिक समस्यामा परेका र उनीहरुलाई सेवा दिन सहज भएको डा जोशीले बताउनुभयो । “मधुमेह, हड्डी भाँच्चिएकोलगायतका सेवा दिनुभयो”, उहाँले भन्नुभयो, “सामान्य समस्या पर्दा पनि बाहिर पठाउनुपथ्र्याे, उहाँ जिल्लामा हुँदा निकै सहज भयो ।”

सुदूरपश्चिममा यसअघि पाँच जनामा कोरोना सङ्क्रमण देखिएको भए पनि सबै उपचारपछि घर पर्किसकेका छन् । सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण देखा परेपछि सङ्घीय सरकारले यहाँ चिकित्सक पठाएको हो । जिल्ला अस्पताल बैतडीमा तीन चिकित्सकको दरबन्दी भए पनि अहिले दरबन्दीका एक जना पनि कार्यरत छैनन् । करारका दुईमध्ये एक जनाको अवधि सकिएको र आफू एक्लै कार्यरत रहेको डा जोशीले बताउनुभयो ।

जिल्ला अस्पतालमा एक नवौँ तह र दुई आठौँ तहका चिकित्सकको दरबन्दी भएपनि ती सबै दरबन्दी खाली छन् । जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा समस्या हुँदै आएको छ । गएको सात महिनायता जिल्ला अस्पताल दरबन्दीका चिकित्सकविहीन बनेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य