नन्दराम जैशी/साउन ५, जुम्ला । विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरीकहरुले गुनासो पोखेका छन् । 

विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि उनिहरुले चाडपर्ब तथा अन्य समयमा आफुहरुलाइ आवाश्यक पर्ने सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/साउन ५, जुम्ला । विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरीकहरुले गुनासो पोखेका छन् । 

विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि उनिहरुले चाडपर्ब तथा अन्य समयमा आफुहरुलाइ आवाश्यक पर्ने सा"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बृद्ध भत्ता नपाएको जेष्ठ नागरीकको गुनासो

५ श्रावण २०७३, बुधबार ०२:४२

नन्दराम जैशी/साउन ५, जुम्ला । विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरीकहरुले गुनासो पोखेका छन् । 

विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि उनिहरुले चाडपर्ब तथा अन्य समयमा आफुहरुलाइ आवाश्यक पर्ने सामान्य खर्च संचालन गर्न असहज भएको भन्दै गुनासो पोखेका हुन् । चन्दननाथ नगरपालिका भित्र १५ वटै वडाका जेष्ठ नागरीकहरुले विगत चैत्र महिना यताको भत्ता नपाएको भन्दै साझा सवालसँग गुनासो पोखेका हुन् ।   

 जेष्ठ नागरीकहरुले गुनासो पोख्दै भने, नगरपालिकाले समयमै भत्ता वितरण गर्ला र साउने संक्रान्ती रमाइलो गरी मनाउलाँ भनेका थियौ । भत्ता नदिएपछि सोचे अनुरुप संक्रान्ती पनि मनाउन सकिएन, अन्य छर छिमेक तथा आफन्तसँग पैसा सापटि गरी जेनतेन साउने संक्रान्ती मनाइयो । 

नगरपालिकाले भत्ता दिएपछि थोरै भएपनि मिठो मसिनो गरौला भन्ने सोचेका थियौ तर यसपालिको संक्रान्ती सोचे अनुरुप हुन सकेन, जेष्ठ नागरीकहरुले यसरी गुनासो पोखे । भत्ता आउने र खाने बानि परेपछि सामान्य खर्चका लागि घरपरीवार तथा अन्यसँग हात जोर्न परेको छैन, तर भत्ता नगरपालिकाले समयमै वितरण नगर्दा उहि समस्या दोहोरीएको छ, उनिहरुले भने ।

जेष्ठ नागरीक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतिले भन्नुभयो, अन्य जेष्ठ नागरीकहरु आफुकँहा बाराम्बार नगरपालिकाले ढिलो भत्ता वितरण गर्ने गरेको भन्दै यसलाइ सहज बनाउन उनुरोध गर्दछन् । तर मैले नगरपालिकालाइ धेरै पटक भनिसके यसमा सुधार आएको छैन । 

यसैबिषयमा बुझ्दा जिविस जुम्लाबाट विगत चैत्र महिना यताको भत्ता निकासा भैसकेको जनाइएको छ । यता चन्दननाथ नगरपालिका सब इन्जीनियर लोकेन्द्र महतले जेष्ठ नागरीक भत्ता निकासा ढिलो र थोरै रकम आएपछि बाँड्दा सबैलाइ नपुग्ने भएकाले पहिले बाँड्न नसकिएको बताए । साथै हाल जेष्ठ नागरीक भत्ताको सबै रकम निकासा भएको भन्दै वितरण कार्य पनि शुरु गरीने उहाले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान