२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा पहिलो संक्रमित भेटिए

२०७७, ११ जेष्ठ आईतवार १०:१८

जेठ ११, काठमाडौं । नुवाकोटमा पहिलो पटक एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सो गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिएका छन् । 

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो ।  जसमा अरुको रिपोर्ट नेगेटिभ आएपनि उनको भने पोजेटिभ आएको हो । ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । 

काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण सिसडोलमा उनीहरुको स्वाब संकलन गरेको थियो । 

ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीमा ३२० जना र भवानी माविमा १५२ जना गरी ४७२ जनाको कोरोना परीक्षण गरिएको थियो । 

कोरोना संक्रमणको उच्च जोखिममा आफूहरु रहेको र कोरोना परीक्षणको माग गर्दै अवरोध भएपछि उनीहरुको स्वाब संकलन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने