२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्वारेन्टिनस्थल दुर्गन्धितः समुदायमा कोरोना फैलिने जोखिम

२०७७, १६ जेष्ठ शुक्रबार १२:०८

राजु विश्वकर्मा | जेठ १६, सिरहा | सिरहाका विभिन्न गाउँपालिकास्थित क्वारेन्टिनमा बसेकाहरुले सरसफाइमा ध्यान नदिँदा क्वारेन्टिनस्थल दुर्गन्धितसँगै सङ्क्रमण समुदायमै फैलिने जोखिम बढेको छ । 

भारतबाट फर्केर सिरहाको बरियारपट्टि र औरही गाउँपालिकास्थित क्वारेन्टिनमा बसेकाहरुले जथाभावी फोहर फाल्ने र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा क्वारेन्टिनस्थल दुर्गन्धित बन्नुका साथै समुदायमै कोरोना फैलिने जोखिम बढेको हो । 

बरियारपट्टि गाउँपालिका–३ स्थित जनता माध्यमिक विद्यालय प्राविधिकको क्वारेन्टिनमा बसेकाहरुले चिया नास्ता र खाना खाएको कागजको प्लेट तथा प्लाष्टिकको गिलास जथाभावी फाल्दा क्वारेन्टिनस्थल दुर्गन्धित बनेको स्थानीयवासीले गुनासो गरेका छन् । “प्लेट, गिलास र प्लाष्टिकका झोला जताततै फालिएको छ”, बरियारपट्टि गाउँपालिकाका मुकेश यादवले भन्नुभयो, “जसका कारण क्वारेन्टिनस्थल त दुर्गन्धित बनेको छ नै जथाभावी फालिएको फोहरका कारण बस्तीमा कोरोना भाइरससँगै अन्य रोगको सङ्क्रमण फैलिने जोखिम बढ्ेको छ ।” क्वारेन्टिनमा बसेकाहरुले व्यवस्थितरुपमा फोहर नफाल्दा यतिबेला क्वारेन्टिनस्थल वरिपरि दुर्गन्धले त्यहाँ जान नसक्ने अवस्था रहेको उहाँको भनाइ छ । 

बरियारपट्टि गाउँपालिकाले बनाएको सो क्वारेन्टिनमा भारतबाट फर्किएका ६८ जना बसिरहेका छन् । क्वारेन्टिनमा बसेकाका लागि बरियारपट्टि बजारबाट प्लाष्टिकको झोलामा खाना प्याकिङ गरी पुर्याउने गरिएको छ । होटल सञ्चालकले प्लाष्टिकको झोलामा प्याकिङ गरी पठाएको खाना, नास्ता र चिया खाएपछि प्लेट र गिलास खाल्डो खनेर पुर्नुपर्नेमा त्यसो नगर्दा क्वारेन्टिनस्थल दुर्गन्धित हुनाका साथै ती फोहर बस्तीसम्मै पुग्ने गरेकाले बस्ती नै सङ्क्रमणको जोखिममा रहेको स्थानीयवासी बताउँछन् । 

बरियारपट्टि गाउँपालिकासँगै टाँसिएको औरही गाउँपालिकाको क्वारेन्टिनमा पनि यस्तै समस्या देखिएको स्थानीयवासीले गुनासो गरेका छन् । “क्वारेन्टिनस्थलमा थोरै सङ्ख्यामा शौचालय छ”, औरही गाउँपालिका–४ का शिवदयाल यादवले भन्नुभयो, “जसका कारण क्वारेन्टिनमा बसेकाहरु खुल्लारुपमै शौच गर्दा दुर्गन्ध फैलिएको छ, वरिपरि बस्ने अवस्था छैन ।” औरही गाउँपालिकाले स्थानीय विद्यालयमा बनाएको क्वारेन्टिनमा अहिले ५५ जना बसेको प्रहरी चौकी औरहीका प्रहरी हवल्दार उमेश यादवले बताउनुभयो । “क्वारेन्टिनमा बसेकाहरुले क्वारेन्टिन नजिकै रहेको पोखरीको डिलमा खुल्ला शौच गर्नाका साथै प्लेट र गिलाससमेत फाल्ने गरेका कारण पोखरीसमेत दुर्गन्धित बनाएको छ”, औरहीका अर्का स्थानीय दिलीप यादवले भन्नुभयो, “यो विषयमा पटक पटक गाउँपालिकाका अध्यक्षलाई जानकारी गराउँदासमेत सरसफाइतर्फ कुनै पहल हुन सकेको छैन ।” जसका कारण सिङ्गो गाउँले समस्यामा परेको उहाँले बताउनुभयो । 

यता बरियारपट्टि गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले क्षमताभन्दा बढी व्यक्ति आएकाले क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भइरहेको बताउनुभयो । “क्वारेन्टिनमा ५० जना राख्न सक्ने क्षमता छ, त्यहीअनुसार हामीले श्यया, झुल, साबुनलगायतको व्यवस्था मिलाएका छौँ, तर त्योभन्दा बढी व्यक्ति भएकाले व्यवस्थापन मिलाउन समस्या भइरहेको छ ।” भारतबाट फर्किएका अधिकांशमा कोरोना सङ्क्रमण देखिएकाले क्वारेन्टिनको सरसफाइ गर्न बाहिरका व्यक्ति नमानेकाले पनि फोहर थुप्रिएको उहाँले स्वीकार्नुभयो । 

“क्वारेन्टिनको सरसफाइ गरिदिन थुप्रै व्यक्तिलाई आग्रह गरेँ तर कसैले मानेनन्”, गाउँपालिकाका अध्यक्ष महतोले भन्नुभयो, “त्यसपछि झाडु किनेर क्वारेन्टिनमा बसेकालाई नै सरसफाइ गर्न जिम्मा दिएका छौँ, उहाँहरुले भित्र मिलाएर सरसफाइ  गर्ने गरे पनि बाहिर सरसफाइ हुन सकेको छैन ।” “विद्यालयमा भएका चारवटा शौचालयबाट नपुग्ने भएपछि थप ६ वटा शौचालय बनाएका छौँ”, उहाँले भन्नुभयो, “हामीले शौचालय त बनाइदियौँ तर शौचालय सफा गर्ने व्यक्ति नहुँदा दुर्गन्धित बनेको छ, के गर्ने के नगर्ने भन्ने हामीलाई समस्या भइरहेको छ ।” सरसफाइको समस्या भएपछि स्थानीयवासीबाट क्वारेन्टिन अन्यत्र सार्न दबाब आउने थालेको गाउँपालिका अध्यक्ष महतोको दुखेसो छ । यद्यपि वैकल्पिक उपायबारे सोचिरहेको उहाँको भनाइ छ । 

“एकातिर भारतबाट दैनिक आउनेको सङ्ख्या बढ्दै गएको छ अर्काेतिर कोरोना परीक्षण गर्ने किट छैन”, औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले भन्नुभयो, “किट नभएपछि क्वारेन्टिनमा १४ दिन बिताएकालाई पनि घर पठाउन सकिरहेका छैनौँ ।” जसका कारण क्वारेन्टिनको व्यवस्थापनसँगै सरसफाइमा चुनौती बढ्दै गएको अध्यक्ष यादवको कथन छ । सिरहाका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा एक हजार ५१४ जना बसिरहेका छन् । 

भारतबाट फर्किनेको सङ्ख्या दिनहुँ बढ्दै गएपछि जिल्लाको भगवानपुर, बरियारपट्टि, माड्र, औरही, लहान नगरपालिका, गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकामा क्वारेन्टिनमा श्यया सङ्ख्या बढाउने तयारी भइरहेको छ । “सिरहामा पहिला २६५ क्वारेन्टिन श्यया थियो”, सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले भन्नुभयो, “तर अहिले हामीले प्रमुख ६ स्थानमा क्वारेन्टिन थप गरेका छौँ, जिल्लामा क्वारेन्टिन श्यया ९०० पुर्याएका छौँ ।” 

“प्रदेश नं २ सरकारले समेत जिल्लामा पहिलाको भन्दा ८० आइसोलेशन श्यया थप्ने निर्णय गरेको छ, हामीले पनि थप्ने तयारी गरिरहेका छौँ”, प्रजिअ गुरागार्इंले भन्नुभयो, “ सम्भवतः जिल्लामा आइसोलेशन श्यया १०० पुर्याउने छौँ, त्यसैले जिल्लामा क्वारेन्टिन र आइसोलेशनको खासै समस्या छैन, किटकै बढी समस्या छ ।” किटको व्यवस्थापन जति छिटो हुन्छ, त्यति नै राम्रो हुन्छ उहाँको भनाइ छ । सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्म दुई प्रहरी कर्मचारीसहित १४ जना पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला