२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

२०७७, २४ जेष्ठ शनिबार १४:४३

जेठ २४, सुर्खेत | कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो । 

आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । 

सुर्खेत र प्रतिष्ठान जुम्लामा आरडिटी पिसिआर परीक्षणबाट आज दैलेख दुल्लु नगरपालिकाका– ३, दैलेख महावु गाउँपालिकाको वडा नं १ मा २९ जनासहित ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाका प्रमुख डा तिवारीले बताउनुभयो । त्यसैगरी डोल्पा जगदुल्ला गाउँपालिकामा एक, जाजरकोट बारेकोट गाउपाँलिकास्थित इलाका प्रहरी कार्यालयका एक जना सुरक्षाकर्मीसहित चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा एक, भेरीगङ्गा नगरपालिकामा चार, गुर्भाकोट नगरपालिकामा एक र पञ्चपुरी नगरपालिकामा तीन जनागरी नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी वनगाड कुपिण्डे नगरपालिका सल्यानको १–७ वडाका ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाको आज सार्वजनिक तथ्याङ्कअनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिकाका दुई, जाजरकोट बारेकोट गाउँपालिकाका एक र दैलेख महाबु गाउँपालिकाका चार गरी कूल सात महिलामा समेत कोरोना सङ्क्रमण देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने