२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङमा थप एक जना संक्रमित भेटिए, जिल्ला अस्पतालमै राखेर उपचार गरिने

२०७७, २४ जेष्ठ शनिबार १५:३३

जेठ २४, धादिङ | धादिङमा सनिबार एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । डेढसाता अघि भारतको हरियाणाबाट आएका नीलकण्ठ ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका प्रमुख महेन्द्र धमलाले साझा सबाललाई बताए । 

भारतबाट आएका ति व्यक्तिलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । धादिङमा संक्रमित देखिएपछि उनको कन्ट्रयाक हिस्ट्री खोजि गरिने र आवश्यक परे सिल गरिने धमलाले बताएका छन् । धमलाका अनुसार १८ जनाको स्वाब परीक्षण गराउदा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । 

ति संक्रमितलाई धादिङ अस्पतालले आफ्नै आइसोलेसनमा राखेर उपचार गर्ने धमलाले जानकारी दिए । धमलाका अनुसार धादिङ जिल्ला अस्पतालले कोरोना संक्रमितलाई राख्न पाँच आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । 


'संक्रमित देखिएसंगै ति संक्रमितलाई राखिएको क्वारेन्टाइनका अरुलाई थप समय क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ, साथै उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ' धमलाले  भने । धमलाले जिल्लाका अन्य स्थानका कतिपय क्वारेन्टाइनहरु अव्यवस्थित रहेको गुनाशो आफूले पाएको बताउदै व्यवस्थित बनाउनुपर्ने स्थानीय तहहरुलाई सुझाव समेत दिएका छन् । धमलाले क्वारेन्टाइन अव्यवस्थित हुँदा तथा क्वारेन्टाइनमा बसेकाहरुले अनुशासन पालना नगर्दा संक्रमणको जोखिम थप बढ्ने बताएका छन् । उनले कुनैपनि क्वारेन्टाइनमा एक जनालाई मात्र संक्रमण देखिदा अरुले समेत थप समय क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै क्वारेन्टाइनमा बसेकाहरुलाई सतर्क रहन समेत अनुरोध गरेका छन् । धमलाले भने 'भारत तथा तेश्रो मुलुकबाट नागरिकहरु आउदैछन्, उहाँहरुलाई क्वारेन्टाइनमा निश्चित समय बिताएर थप समय होम क्वारेन्टाइनमा बस्न आग्रह गर्ने गरेका छौं, जसले नियम पालना गर्दैन र सामाजिक दुरीलाई कायम गर्दैन संक्रमणको जोखिम हुन्छ ।' 

धादिङमा पछिल्लो समय भारतको बिभिन्न स्थानबाट उद्दार गरि ल्याइएकाहरु विभिन्न ठाउँमा स्थानीय तहआ कारेन्टाइनमा राखिएका छन् । क्वारेन्टाइनमा राखिएकाहरुलाई १४ दिनसम्म कारेन्टाइनमा राखेर आरडीटि गरिन्छ र पोजेटिभ आए पिसिआर परीक्षण गराउने गरिएको छ । 

सनिबार भेटिएका थप एक जनासंगै धादिङ जिल्लामा संक्रमितहरुको संख्या ५ पुगेको छ । जसमध्ये २ जना निको भई घर गइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने