साउन ६, बिर्तामोड ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ६, बिर्तामोड । 
२ माघ २०८२, बिहीबार
झापा - JP

एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार राजबाबु शंकरलाई

६ श्रावण २०७३, बिहीबार १७:४२

साउन ६, बिर्तामोड । प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार–२०७३ भद्रपुर निवासी पत्रकार राजबाबु शंकरलाई प्रदान गरिने भएको छ । 

स्व. शर्माका सन्ततिहरुद्वारा स्थापित एवम् नेपाल पत्रकार महासंघद्वारा संयोजित सो पुरस्कारको राशी नगद २१ हजार रहेको छ । त्यस्तै शर्माकी धर्मपत्नी पार्वतीदेवी शर्माको स्मृतिमा स्थापित पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पत्रकार रमेश शमदर्शीकी श्रीमति शनिअर्जुन–२ की अमिता राई पुरस्कृत हुने भएकी छन् ।

प्रतिभा छनौट समितिको विहीवार बसेको बैठकले ०७३ सालमा वितरण गरिने व्यक्तित्वहरुको छनौट गरेको हो । महासंघ झापा अध्यक्ष भीम नेम्वाङ संयोजक रहेको प्रतिभा छनौट समितिका सदस्यहरु गत बर्ष एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार प्राप्त व्यक्तित्व नकुल काजी र दाता परिवारका सदस्य भाष्कर शर्मा सम्मिलित बैठकले प्रतिभाहरुको चयन गरेको बताइएको छ । 

आउँदो  चैत १६  गते वितरण गरिने पुरस्कारहरु मध्ये सिर्जनशील पत्रकारिता पुरस्कारका लागि चयन गरिएका शंकर २०४२ सालदेखि पत्रकारितामा क्रियाशील छन् । हिजोआजबाट पत्रकारिता शुरु गरेका शंकर विवेचना दैनिक, नौलो आवाज साप्ताहिक र नागरिक एफएममा समेत संलग्न थिए । त्यसैगरी पत्रकारलाई प्रोत्साहन गर्ने पत्रकारहरुका पत्नी मध्येबाट एक जनालाई प्रदान गरिने पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गर्ने राईका पति रमेश समदर्शी राई जनचाहना साप्ताहिक मार्फत २०५० सालदेखि पत्रकारितामा संलग्न छन् । विजयपुर साप्ताहिक, नेपाल समाचार पत्र हुँदै हाल प्रतिदिन दैनिकमा कार्यरत राईलाई पत्रकारिताको सेवा गर्न सहयोग गरेको भन्दै श्रीमती राईलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशी नगद ११ हजार सम्मान पत्र रहेको छ । 

२०६२ सालदेखि वितरण गर्दै आएको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार यसअघि कृष्ण धारावासी र लीला उदासीलाई संयुक्त रुपमा र क्रमशः चन्द्र भण्डारी, गोविन्द चन्द्र क्षेत्री, चिन्तामणि दाहाल, कृष्ण हुमागाई, गोपाल गिरी, गोपाल गड्तौला, भीम नेम्वाङ, मोहन काजी, लक्ष्मण ढकाल र नकूल काजीलाई प्रदान गरिएको थियो । 

त्यस्तै २०६६ सालदेखि वितरण गरिएको पार्वती प्रोत्साहन पुरस्कार लीला बरालकी पत्नी कुन्ता बराल, मदन ढकालकी पत्नी सावित्रा ढकाल, माधव विद्रोहीकी पत्नी सञ्जु अधिकारी, अमृतलाल श्रेष्ठकी पत्नी निलू श्रेष्ठ, दिपीन राईकी पत्नी लीला राई, लेखनाथ परदेशीको पत्नी कृष्ण कला शिवाकोटी र गञ्जबहादुर दाहालकी पत्नी कल्याणी दाहाललाई प्रदान गरिएको थियो । 

दुबै पुरस्कारहरु नेपाल पत्रकार महासंघको स्थापना दिवसका दिन वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ