साउन ६, बिर्तामोड ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ६, बिर्तामोड । 
२०८२, २९ चैत्र आईतवार
झापा - JP

एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार राजबाबु शंकरलाई

२०७३, ६ श्रावण बिहीबार १७:४२

साउन ६, बिर्तामोड । प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार–२०७३ भद्रपुर निवासी पत्रकार राजबाबु शंकरलाई प्रदान गरिने भएको छ । 

स्व. शर्माका सन्ततिहरुद्वारा स्थापित एवम् नेपाल पत्रकार महासंघद्वारा संयोजित सो पुरस्कारको राशी नगद २१ हजार रहेको छ । त्यस्तै शर्माकी धर्मपत्नी पार्वतीदेवी शर्माको स्मृतिमा स्थापित पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पत्रकार रमेश शमदर्शीकी श्रीमति शनिअर्जुन–२ की अमिता राई पुरस्कृत हुने भएकी छन् ।

प्रतिभा छनौट समितिको विहीवार बसेको बैठकले ०७३ सालमा वितरण गरिने व्यक्तित्वहरुको छनौट गरेको हो । महासंघ झापा अध्यक्ष भीम नेम्वाङ संयोजक रहेको प्रतिभा छनौट समितिका सदस्यहरु गत बर्ष एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार प्राप्त व्यक्तित्व नकुल काजी र दाता परिवारका सदस्य भाष्कर शर्मा सम्मिलित बैठकले प्रतिभाहरुको चयन गरेको बताइएको छ । 

आउँदो  चैत १६  गते वितरण गरिने पुरस्कारहरु मध्ये सिर्जनशील पत्रकारिता पुरस्कारका लागि चयन गरिएका शंकर २०४२ सालदेखि पत्रकारितामा क्रियाशील छन् । हिजोआजबाट पत्रकारिता शुरु गरेका शंकर विवेचना दैनिक, नौलो आवाज साप्ताहिक र नागरिक एफएममा समेत संलग्न थिए । त्यसैगरी पत्रकारलाई प्रोत्साहन गर्ने पत्रकारहरुका पत्नी मध्येबाट एक जनालाई प्रदान गरिने पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गर्ने राईका पति रमेश समदर्शी राई जनचाहना साप्ताहिक मार्फत २०५० सालदेखि पत्रकारितामा संलग्न छन् । विजयपुर साप्ताहिक, नेपाल समाचार पत्र हुँदै हाल प्रतिदिन दैनिकमा कार्यरत राईलाई पत्रकारिताको सेवा गर्न सहयोग गरेको भन्दै श्रीमती राईलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशी नगद ११ हजार सम्मान पत्र रहेको छ । 

२०६२ सालदेखि वितरण गर्दै आएको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार यसअघि कृष्ण धारावासी र लीला उदासीलाई संयुक्त रुपमा र क्रमशः चन्द्र भण्डारी, गोविन्द चन्द्र क्षेत्री, चिन्तामणि दाहाल, कृष्ण हुमागाई, गोपाल गिरी, गोपाल गड्तौला, भीम नेम्वाङ, मोहन काजी, लक्ष्मण ढकाल र नकूल काजीलाई प्रदान गरिएको थियो । 

त्यस्तै २०६६ सालदेखि वितरण गरिएको पार्वती प्रोत्साहन पुरस्कार लीला बरालकी पत्नी कुन्ता बराल, मदन ढकालकी पत्नी सावित्रा ढकाल, माधव विद्रोहीकी पत्नी सञ्जु अधिकारी, अमृतलाल श्रेष्ठकी पत्नी निलू श्रेष्ठ, दिपीन राईकी पत्नी लीला राई, लेखनाथ परदेशीको पत्नी कृष्ण कला शिवाकोटी र गञ्जबहादुर दाहालकी पत्नी कल्याणी दाहाललाई प्रदान गरिएको थियो । 

दुबै पुरस्कारहरु नेपाल पत्रकार महासंघको स्थापना दिवसका दिन वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से