२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिलोत्तमा हत्याकाण्डः आरोपीको यस्तो बयान

२०७७, २८ जेष्ठ बुधबार १६:२२

नीरा गौतम | जेठ २८, रुपन्देही | रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक हत्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घटना भएको बयान दिएका छन् । हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी घटनाका आरोपी सुर्खेतको साविक नेटा गाविस–३ का ३१ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले चरित्र हत्याकै कारण आवेशमा आएर हत्या गरेको बयान दिएको जानकारी गराएको छ ।

हत्यापछि फार्मभित्रै पराल राख्ने ठाउँमा बेहोस अवस्थामा झसेन्द्र पक्राउ परेका थिए । मुसा मार्ने विषादी सेवन गरेका कारण उनी बेहोस अवस्थामा भेटिएको र उपचारपछि ठीक भएको प्रहरीले जनाएको छ । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर हत्या गरेको बताएका थिए । प्रहरीले घटनास्थलबाट कोदालो र लठ्ठी बरामद भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले मृतकले व्यक्तिगत चरित्रमा आँच आउने किसिमले चर्चा गरेकाले मानसिकरुपमा चोट पुग्न गई आवेशमा आएर हत्या भएको देखिएको बताउनुभयो । “झसेन्द्रको चरित्रमाथि बारम्बार प्रश्न उठाएपछि उनीहरुलाई तह लगाउने नाममा हत्या भएको पाइयो । अहिलेसम्म अनुसन्धानका क्रममा अरु कारण फेला परेन”, उहाँले भन्नुभयो ।

अनुसन्धान समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले सामान्य रिसिइबीका कारण नै घटना भएको देखिए पनि थप अनुसन्धान गरिने बताउनुभयो । तिलोत्तमा–१० मैनहवास्थित गङ्गादेवी पशु फार्ममा सोमबार राति पाँच जनाको सामूहिक हत्या भएको थियो ।

फार्ममा सैनामैना मुर्गियाका ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १६ वर्षीय पोखराज मुसहर, १५ वर्षीय करण चौधरी र १६ वर्षीय आशिष चौधरीको सामूहिक हत्या भएको थियो । मुसहर तीनैजना  फार्मका कामदार भएपनि करण र आशिष भने कामदार होइनन् । प्रहरीका अनुसार हत्या गरिएका पाँचै जनाको शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

सामूहिक हत्याकाण्डपछि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बैदवारको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।  जिल्ला अदालत भैरहवाले सिञ्जालीलाई कर्तव्य ज्यान कसुरमा थप अनुसन्धान गर्नका लागि सात दिनको म्याद थप गर्ने अनुमति दिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते