2026-06-18 05:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेशी उत्पादन किन्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन नागरिकहरुलाई आग्रह गर्नुभएको छ । 

यसअघि पनि पटक पटक स्वदेशी उत्पादन प्रयोग गर्न अपिल गर्दै आउनु भएका प्रधानमन्त्री मोदीले आइतबार फेरी दोहो¥याएर स्वदेशी उत्पादन प्रयोगका लागि आग्रह गर्नुभएको हो ।  

स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी देशभरी “भोकल फर लोकल” अर्थात् स्थानीयलाई नै महत्व दिऔँ भन्ने अभियान चलाइएको पनि उहाँले बताउनुभयो । 

स्थानीय तथा स्वदेशी उत्पादनलाई प्रयोग गर्ने प्रवृत्ति बढाउनासाथ राष्ट्रलाई बलियो बनाउन सजिलो हुने प्रधानमन्त्री मोदीको भनाइ छ । 

मासिक नियमित कार्यक्रम ‘मन की बात’को ६६ श्रृङ्खलामा बोल्ने क्रममा उहाँले भन्नुभयो, “यदि तपाईले स्थानीय उत्पादनलाई जोड दिनुभयो भने देश बलियो हुनेछ ।”

भारतीय नागरिकहरु स्थानीयको आवाज बन्नु पर्नेमा प्रधानमन्त्री मोदीले जोड दिनुभयो । “स्वदेशी तथा स्थानीय उत्पादन किन्ने र प्रयोग गर्नेहरुले देश बलियो बनाउन योगदान गरिरहेका हुन्छन्,” उहाँको भनाइ थियो ।  

स्वदेशी उत्पादनलाई प्रयोग र प्रोत्साहन गर्नु आफैमा राष्ट्र सेवा भएको प्रधानमन्त्री मोदीको व्याख्या छ । उहाँले जुनसुकै पेशा, व्यवसाय र भूमिकामा भएपनि देशलाई सेवा गर्न र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सकिने बताउनुभयो । 

उहाँले भारतलाई हरेक उत्पादनमा आत्मनिर्भर स्वाबलम्वी बनाउने उद्देश्य सरकारले लिएको जानकारी पनि दिनुभयो । 

उहाँले त्यसका लागि आत्मनिर्भर भारत अभियान चलाइएको जानकारी दिँदै त्यसका लागि सवै जनताले साथ दिनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री मोदीले रक्षा र प्रविधिको क्षेत्रमा भारतले चाँडै नै ठूलो फड्को मार्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु