२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बन्दाबन्दीमा गुणस्तरहीन सामान बिक्री : चार लाखको सामग्री बरामद गरी नष्ट

१५ असार २०७७, सोमबार ०३:१०

असार १५, बैतडी | बन्दाबन्दीको समयमा बैतडीमा अखाद्य  गुणस्तरहीन सामग्री बिक्री वितरण गरिएको पाइएको छ । बजार अनुगमन गर्दा करिब रु चार लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरिएको छ ।  

जिल्लास्थित सरोकारवालाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा रु तीन लाख ७६ हजारको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले जानकारी दिनुभयो । जिल्लाका पाँच स्थानीय तहका करिब एक दर्जन बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरी नष्ट गरिएको उहाँले बताउनुभयो । गत जेठ ३२ गतेदेखि शुरु भएको अनुगमन दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सूर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका बजारमा सम्पन्न भएको हो । जिल्लाका अन्य स्थानीय तहमा रहेका बजारमा पनि निरन्तर अनुगमन गरिने जनाइएको छ ।  

यस्तै अनुगमनका क्रममा चार जनालाई जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो ।  अनुगमन टोली पुग्ने बित्तिकै पसल बन्द गर्ने तथा जफत गरेको सामान पुनः बिक्री गर्न पाउनुपर्ने भन्दै टोलीमाथि दुव्र्यवहारको प्रयास गर्नेहरुलाई रु एक हजारदेखि तीन हजार ५०० जरिवाना गरिएको उहाँले बताउनुभयो ।  

म्याद नाघेका अखाद्य सामग्री बिक्री वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको छ । यसका साथै उपभोक्ता अधिकारका विषयमा व्यापारी र नागरिकलाई सचेत गराउन बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो ।

धेरै ठाउँमा पिठो, सोयाबडी, पत्रुखानालगायत अन्य खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएकाले बरामद गरी नष्ट गरिएको लेखकले जानकारी दिनुभयो । यस्तै दर्ता नभएका पसललाई दर्ता गर्न आग्रह गरिएको छ भने सामान खरिद बिक्री गर्दा मिति हेरेर मात्र खरिद बिक्री गर्न टोलीले आग्रह गरेको छ । अझै पनि उपभोक्ता तथा व्यापारीमा सचेतना नभएका कारण म्याद नाघेका सामग्रीको बिक्री वितरण हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य