2026-06-18 05:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो २४ घन्टामा ३१६ सङ्क्रमित थपिए, कुन-कुन जिल्लामा कति सङ्क्रमित थपिए ? हेर्नुहोस्

असार १६, काठमाडौँ  । कोभिड–१९ को सङ्क्रमण ३१६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा २४५ पुरुष र ७१ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । 

नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १३ हजार ५६४ पुगेको छ । तीमध्ये पुरुष ११ हजार ९०७ र महिला एक हजार ६५७ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमले ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला सात वटा रहेको बताउनुभयो । उहाँका अनुसार महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, दाङ, दैलेख र कैलाली रहेका छन् । 

साठी डिस्चार्ज 

यसैगरी विगत २४ घण्टामा ६० जना कोभिड १९ मुक्त भएका छन् । तीमध्ये नौ महिला र ५१ पुरुष रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार १९४ पुगेको छन् । तीमध्ये महिला २७७ र पुरुष दुई हजार ९१७ रहेका छन् । 

आज डिस्चार्ज हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक पुरुष, आइसोलेसन सेन्टर कोहलपुर बाँकेबाट एक पुरुष, अल्पाइन नर्सिङ सर्लाहीबाट १५ पुरुष, साईकृष्ण आइसोलेसन सप्तरीबाट १५ पुरुष, गण्डक अस्पताल पर्साबाट दुई पुरुष रहेका छन् । 

यस्तै जलेश्वर अस्पताल महोत्तरीबाट चार पुरुष, कोशी अस्पतालबाट चार पुरुष दुई महिला, मोरङ जिल्ला अस्पतालबाट तीन महिला र दुई पुरुष, पाँचथरबाट  एक महिला तथा सुनसरीबाट एक महिला एक पुरुष र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ पुरुष डिस्चार्ज भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु