२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कङ्काल सञ्चारकर्मी तेजु खड्काको भएको पुष्टि

२०७७, १६ असार मंगलवार १७:०४

असार १६, बाजुरा | बूढीनन्दा नगरपालिका पाटन क्षेत्रमा भेटिएको कङ्काल दुई वर्ष अगाडि बेपत्ता भएका सञ्चारकर्मी तेजु खड्काको भएको पुष्टि भएको छ । विसं २०७६ मङ्सिरमा कङ्काल भेटिएकामा परीक्षणपछि खड्काको भएको पुष्टि भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको कङ्काल परीक्षणपछि खड्काकै पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । 


बुढीनन्दा तीर्थयात्रामा जानुभएका खड्का घर फर्किने क्रममा बीच बाटाबाटै बेपत्ता हुनुभएको थियो । बेपत्ता खड्काको खोजी गर्ने क्रममा एक वर्षपछि दुई  करङ, झोला र परिचयपत्र भेटिएको थियो । 

डोटीको दिपायल सिलगढी नगरपालिका १ तिखा घर हुनुभएका खड्काले बाजुराको कोल्टीमा रहेको रेडियो बूढीनन्दामा बजार व्यवस्थापकका रुपमा काम गर्दै आउनुभएको थियो ।  खड्का २०७५ भदौ ९ गते बूढीनन्दामा लागेको मेलाबाट फर्किने क्रममा बेपत्ता हुनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने