२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित

२०७७, १९ असार शुक्रबार ०८:३७

असार १९, (रासस,एएनआई) । विश्वमा सबैभन्दा बढी कोभिड १९ का संक्रमितहरु रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन् ।

अमेरिमा एकैदिन यतिधेरै संक्रमित थपिएको यो नै पहिलो हो । अमेरिकी पत्रिका  वासिङटन पोष्टले यो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ । 

बिहीबार फ्लोरिडा राज्यमा मात्र १० हजार १०९ जना नयाँ संक्रमित देखिएका छन् । अमेरिकामा एकै राज्यमा यति धेरै संक्रमित फ्लोरिडामा देखिएका छन् ।

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीले बिहीबारको तथ्यांकमा जनाएअनुसार यहाँ २७ लाख ३२ हजार ६३९ जना संक्रमित पुगेका छन् । 

त्यस संक्रमणबाट यहाँ १ लाख २८ हजार ६४३ जनाको मृत्यु भइसकेको छ । बिहीबारसम्म विश्वमा यस संक्रमणबाट एक करोड भन्दा बढी मानिस संक्रमित भएका छन् भने पाँच लाख भन्दा बढी मानिसको ज्यान गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय