2026-06-18 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेशागत सुरक्षाको माग गर्दै पत्रकार महासङ्घद्वारा प्रदर्शन

असार १९, काठमाडौँ । कोरोना महामारीमा समस्यामा परेका श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै पत्रकार÷सञ्चारकर्मीले आज बबरमहलमा प्रदर्शन गरेका छन् । 

नेपाल पत्रकार महासङ्घको अगुवाईमा आयोजित प्रदर्शनमा सहभागीले ‘पत्रकारको विचल्लीमा कति कोरोना कति बहाना’, ‘श्रमजीवी पत्रकारको पक्षमा निर्णायक आन्दोलन गरौँ’, ‘कोरोनामा पहिलो प्रहार पत्रकारमाथि किन’, ‘श्रमजीवी पत्रकारको पेशागत अधिकार रक्षा गर’ र ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रर्दशन गरेका हुन् । 


सो अवसरमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मिडिया हाउसले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुको सट्टा उल्टै काम गरिरहेका श्रमजीवी पत्रकारलाई निष्काशन गरेर अन्याय गरेको र त्यसको विरुद्धमा कडाभन्दा कडा सङ्घर्षका लागि सबैलाई आह्वान गर्नुभयो । 

महासचिव रमेश विष्टले मिडिया हाउसले कोरोना महामारीको बहाना बनाउँदै धमाधम पत्रकारलाई निष्काशन गर्ने काम गरेकोमा आपत्ति जनाउँदै पत्रकारको पेशागत सुरक्षाका लागि महासङ्घले चरणबद्ध आन्दोलन शुरु गर्ने बताउनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडिया सञ्चालकले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताउनुभयो । प्रेस सङ्गठनका संयोजक महेश्वर दाहालले कोरोनाको बहानामा पत्रकारको पसिनाको परिश्रम नदिने मिडिया सञ्चालकलाई कुनै पनि वाहानामा नछोड्ने बताउनुभयो । 


नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देलले पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै नभई मिडिया सञ्चालकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिनुभयो । सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितलगायत पत्रकारितासंग सम्बन्धित विभिन्न सङघ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले श्रमजीवी पत्रकारको पेशागत अधिकार र सुरक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु