Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुसिकोट नगरपालिकाको वडा नं. २ मा पहिरोको वितन्डा, ५१ घर जोखिममा, दर्जनवढि विस्थापित

२०७७, २० असार शनिबार ०८:२५

कमल पौडेल | असार २०, वामीटक्सार | विहिवार रातिको भिषण वर्षाले ठाउँठाउँमा पहिरो जाँदा ग्रामिण सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् भने दर्जनौ घरहरु जोखिममा परेका छन् । मुसिकोट नगरपालिका वडा नं. २ को अधिकांश क्षेत्रमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

हाँडिखोला क्षेत्रको पहिरोमा बेपत्ता भागिरथ घिमिरेको अवस्था अझै अज्ञात रहेको छ भने वडा नं. २ को विभिन्न क्षेत्रहरुमा पहिरोका कारण जनजिवन अस्तव्यस्त भएको छ । बाँचपाटा, बुढाथोक, पात्लाकोट, दुलुङ, ढुँगेपोखरी, बोक्सीओडार, खस्थोक अमराई, आरुपाटा, बतासेडाँडा, चित्रुङ, सारुटोला, भर्जुवा, पास्ती लगाएतका दर्जनौ क्षेत्रमा पहिरो खसेको छ वडा नं. २ मा मात्रै ५१ ओटा घरहरु जोखिममा परेका छन् । 


हाँडिखोलामा २ ओटो भट्टी पुरेको छ भने ९ ओटा बंगाला, ४ ओटा गोठ र एउटा कुखुरा फर्ममा पूर्ण क्षेती भएको छ । पहिरोले विस्तापित भएका वडा सदस्य गोविन्द नेपाली सहितका १४ परिवारलाई नजिकैका विद्यालय तथा सुरक्षीत घरमा राखिएको र बाँकी घर परिवारलाई छिमेकिले आश्रय दिएका वडा सदस्य वावुराम खत्रिले जानकारी दिनुभएको छ । 


वडा नं. २ मा मात्रै ११ भैंसि, १४ बाख्रा पुरिएका वडा कार्यालयका महेन्द्र घिमिरेले जानकारी दिनुभएको छ । हिँजो (शुक्रवार) देखि उद्धारमा प्रहरी, जनप्रतिनिधि, स्थानिय सहित खटिएका खटिएका छन् । सनिवार सवै तथ्यांक संकलन गर्ने र आइतवार राहत वितरण गर्ने तयारी नगरपालिकाले गरेको छ । यद्यपी रेडक्रस मार्फत अत्यावश्यक स्थानहरुमा त्रिपाल सहित केहि राहत सामाग्रि शुक्रवार र सनिवार पनि वितरण गरिने स्रोतले जनाएको छ। 


उता वडा नं. १ मा मुख्य वाहेक सवै शाखा सडक अवरुद्ध भएका छन्। आरुचौर जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ। यता वडा नं. ७ मा पर्ने खर्वाङ वामीटक्सार सडक अन्तरगत पल्टारमा अवरुद्ध सडक सुचारु भएको छ। विद्युत, संचार सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने अधिकाशं ठाउँमा खानेपानी समेत अवरुद्ध भएको छ। 

फोटोः मुसिकोटको विभिन्न क्षेत्रमा गएको पहिरो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश