२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्थानीय तहमा बाटोघाटो बनाउन प्राथमिकता

२० असार २०७७, शनिबार ०८:३४

असार २०, बैतडी | प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत बैतडीका स्थानीय तहमा बाटोघाटो निर्माण मुख्य प्राथमिकताका साथ विभिन्न योजना सम्पन्न भएका छन् । 

जिल्लाको दोगडाकेदार गाउँपालिकामा विनियोजित ७५ लाखमा पदमार्ग तथा सिचाँइ योजनालगायतका काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । “प्रत्येक वडामा कम्तीमा एक योजना गरेर १३ योजना सम्पन्न हुने चरणमा रहेका छन्”, उहाँले भन्नुभयो, “ती योजनाका लागि पालिकाका प्रत्येक वडामा ४० जनाका दरले रोजगारी पाएका छन् ।”

दशरथचन्द नगरपालिमाका  २८ लाख ६२ हजार बजेटले ११ वटै वडामा  पिसिसी बाटो, सडक, चौतारो निर्माण गरिएको रोजगार संयोजक नन्दराज जोशीले जानकारी दिनुभयो । प्रत्येक वडामा दुई–दुई योजनाका दरले काम भइरहेका र एक हजार बढीले रोजगारी पाएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दको भनाइ छ । 

सुर्नया गाउँपालिकामा विनियोजित  ६२ लाख ८० हजारबाट आठवटै वडामा गरी १६ योजना सम्पन्न भएका छन् । पिसिसी बाटो, फिल्ड कटिङ, सडकको नाली तथा खानेपानी निर्माणको काममा दुई हजार ६०० जनाले रोजगारी पाएको रोजगार संयोजक सुरेन्द्र धामीले बताउनुभयो । यस्तै जिल्लाको पुर्चौडी नगरपालिकामा पनि उक्त कार्यक्रमअन्तर्गत ८५ लाख विनियोजित भएको छ । पिसिसी, गोरेटो बाटो, गाउँघर क्लिनिकको भवन, तटबन्ध निर्माण गरी नगरपालिकामा १३ योजना सम्पन्न भएका र ३८३ जनाले रोजगारी पाएका रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिनुभयो । पाटन नगरपालिकामा पनि विनियोजित ३२ लाख २७ हजारले नहर सरसफाइ, सिँचाइ योजना बाटो निर्माणको काम गरिएको छ । सबै वडामा गरेर १० योजना सञ्चालन गरिएको र त्यसमा ७०० जनाले रोजगारी पाएको पाटन नगरपालिकाका रोजगार संयोजक महेशराज पन्तले बताउनुभयो ।

शिवनाथ गाउँपालिकामा सो कार्यक्रमबाट १२ योजना सम्पन्न हुने चरणमा रहेका बताइएको छ ।  २८ लाख १० हजार बजेटले बाटो, सडक सरसफाइ, बर्थिङ सेन्टरको पर्खाल निर्माणमा १०० जनाले रोजगारी पाएका सो गाउँपालिकाका रोजगार संयोजक लक्ष्मीदत्त जोशीले बताउनुभयो । सिगास गाउँपालिकामा सो कार्यक्रमअन्तर्गतका योजना अन्तिम चरणम पुगेका छन् । १६ लाख प्राप्त भएकोमा गोरेटो बाटो र बर्थिङ सेन्टर निर्माण गरी पाँच योजना रहेका गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । ती काममा १०० जनाले रोजगारी पाएका छन् । डिलाशैनी गाउँपालिकामा  ४६ लाख ५६ हजार बजेटले २४ योजना सञ्चालनमा रहेका रोजगार संयोजक हरिस जोशीले जानकारी बताउनुभयो । सडक निर्माण गरिएका ती योजनामा ३०० जनाले रोजगारी पाएका जनाएको छ । 

मेलौली नगरपालिकामा ६१ लाख ९७ हजार बजेटमा चार योजना सञ्चालनमा रहेका छन् । खानेपानी र सिँचाइका ती योजनामा करिब ५०० जनालो रोजगारी पाएको रोजगार संयोजक सरिता बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “असार २५ गतेसम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि कोरोनाको कारणले सम्पन्न हुने सम्भावना कम छ ।”

पञ्चेश्वर गाउँपालिकामा पनि सो कार्यक्रमअन्तर्गत सात योजना सम्पन्न भएका छन् भने २०० बढी नागरिकले रोजगार पाएका छन् । गाउँपालिकामा कार्यक्रमअन्तर्गत १० लाख बजेट विनियोजित भएको गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य