२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्थानीय तहमा बाटोघाटो बनाउन प्राथमिकता

२०७७, २० असार शनिबार ०८:३४

असार २०, बैतडी | प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत बैतडीका स्थानीय तहमा बाटोघाटो निर्माण मुख्य प्राथमिकताका साथ विभिन्न योजना सम्पन्न भएका छन् । 

जिल्लाको दोगडाकेदार गाउँपालिकामा विनियोजित ७५ लाखमा पदमार्ग तथा सिचाँइ योजनालगायतका काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । “प्रत्येक वडामा कम्तीमा एक योजना गरेर १३ योजना सम्पन्न हुने चरणमा रहेका छन्”, उहाँले भन्नुभयो, “ती योजनाका लागि पालिकाका प्रत्येक वडामा ४० जनाका दरले रोजगारी पाएका छन् ।”

दशरथचन्द नगरपालिमाका  २८ लाख ६२ हजार बजेटले ११ वटै वडामा  पिसिसी बाटो, सडक, चौतारो निर्माण गरिएको रोजगार संयोजक नन्दराज जोशीले जानकारी दिनुभयो । प्रत्येक वडामा दुई–दुई योजनाका दरले काम भइरहेका र एक हजार बढीले रोजगारी पाएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दको भनाइ छ । 

सुर्नया गाउँपालिकामा विनियोजित  ६२ लाख ८० हजारबाट आठवटै वडामा गरी १६ योजना सम्पन्न भएका छन् । पिसिसी बाटो, फिल्ड कटिङ, सडकको नाली तथा खानेपानी निर्माणको काममा दुई हजार ६०० जनाले रोजगारी पाएको रोजगार संयोजक सुरेन्द्र धामीले बताउनुभयो । यस्तै जिल्लाको पुर्चौडी नगरपालिकामा पनि उक्त कार्यक्रमअन्तर्गत ८५ लाख विनियोजित भएको छ । पिसिसी, गोरेटो बाटो, गाउँघर क्लिनिकको भवन, तटबन्ध निर्माण गरी नगरपालिकामा १३ योजना सम्पन्न भएका र ३८३ जनाले रोजगारी पाएका रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिनुभयो । पाटन नगरपालिकामा पनि विनियोजित ३२ लाख २७ हजारले नहर सरसफाइ, सिँचाइ योजना बाटो निर्माणको काम गरिएको छ । सबै वडामा गरेर १० योजना सञ्चालन गरिएको र त्यसमा ७०० जनाले रोजगारी पाएको पाटन नगरपालिकाका रोजगार संयोजक महेशराज पन्तले बताउनुभयो ।

शिवनाथ गाउँपालिकामा सो कार्यक्रमबाट १२ योजना सम्पन्न हुने चरणमा रहेका बताइएको छ ।  २८ लाख १० हजार बजेटले बाटो, सडक सरसफाइ, बर्थिङ सेन्टरको पर्खाल निर्माणमा १०० जनाले रोजगारी पाएका सो गाउँपालिकाका रोजगार संयोजक लक्ष्मीदत्त जोशीले बताउनुभयो । सिगास गाउँपालिकामा सो कार्यक्रमअन्तर्गतका योजना अन्तिम चरणम पुगेका छन् । १६ लाख प्राप्त भएकोमा गोरेटो बाटो र बर्थिङ सेन्टर निर्माण गरी पाँच योजना रहेका गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । ती काममा १०० जनाले रोजगारी पाएका छन् । डिलाशैनी गाउँपालिकामा  ४६ लाख ५६ हजार बजेटले २४ योजना सञ्चालनमा रहेका रोजगार संयोजक हरिस जोशीले जानकारी बताउनुभयो । सडक निर्माण गरिएका ती योजनामा ३०० जनाले रोजगारी पाएका जनाएको छ । 

मेलौली नगरपालिकामा ६१ लाख ९७ हजार बजेटमा चार योजना सञ्चालनमा रहेका छन् । खानेपानी र सिँचाइका ती योजनामा करिब ५०० जनालो रोजगारी पाएको रोजगार संयोजक सरिता बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “असार २५ गतेसम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि कोरोनाको कारणले सम्पन्न हुने सम्भावना कम छ ।”

पञ्चेश्वर गाउँपालिकामा पनि सो कार्यक्रमअन्तर्गत सात योजना सम्पन्न भएका छन् भने २०० बढी नागरिकले रोजगार पाएका छन् । गाउँपालिकामा कार्यक्रमअन्तर्गत १० लाख बजेट विनियोजित भएको गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा