२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा बन्ने भयो ‘जुलोजिकल पार्क’

२४ असार २०७७, बुधबार ०७:४५

खेमराज गौतम, असार २४, गलकोट (रासस) । बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ ।  सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो । आर्थिक वर्ष २०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी आव २०७७/७८ मा निर्माणकार्य थाल्न बजेटसमेत विनियोजन भएको छ ।  

जुलोजिकल पार्क निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनले रु आठ लाखको लागतमा सम्भाव्यता अध्ययनसहित डिपिआर तयार गरेको थियो । रु २४ करोडभन्दा बढी लागतमा निर्माण गर्न लागिएको जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारद्वारा विशेष अनुदानमार्फत बागलुङ नगरपालिकालाई आगामी आव २०७७/७८ मा रु ५० लाख बजेट विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । 

जुलोजिकल पार्क हालसम्म प्रक्रियामा भए पनि आव २०७७/७८ मा निर्माण आरम्भ गर्नका लागि बजेटसमेत विनियोजन भएर आएको र थप बजेटका लागि केन्द्र सरकारसँग माग गरिएको नगरपालिका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “यो पार्क ठूलो परियोजना हो, विस्तारै निर्माण हुँदै जान्छ, बजेट आउँदै जान्छ”, पौडेलले भन्नुभयो, “शुरुमा पूर्वाधार निर्माणमा जोड दिन्छौँ, विस्तारै पार्क बन्दै जान्छ, पर्यटकहरु आउँदै जानेछन् ।”

नगरप्रमुख पौडेलका अनुसार धेरै बजेट लाग्ने परियोजना भएकाले निर्माण सम्पन्न हुनका लागि लामो समय लाग्ने भए पनि यही साउनबाटै निर्माणकार्य आरम्भ गरिनेछ ।  पशुपक्षी, जडीबुटीको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जुलोजिकल पार्कको अवधारणा ल्याइएको नगरप्रमुख पौडेलको भनाइ छ । हालसम्म कानूनी प्रक्रिया सबै पूरा भइसकेको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका विज्ञ नारायण रुपाखेतीको समूहले बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ मा पर्ने पाँच सामुदायिक वनलाई जुलोजिकल पार्क बनाउन सकिने निष्कर्ष निकालेपछि यसको पहल थालिएको थियो । बीस वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको सामुदायिक वनमा प्राकृतिक, पर्यटन, वन्यजन्तुलगायतका पाँच क्षेत्रलाई ध्यान दिएर जुलोजिकल पार्क निर्माण गरिने निर्माणको जिम्मा लिएको आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनका अध्यक्ष शेरसिंह ठकुन्नाले जानकारी दिनुभयो । उहाँले पार्क वरपर तीन किलोमिटर सडक, करिब दुई किलोमिटर पदमार्ग, दृश्यावलोकन स्तम्भ, रेष्ट्रो सेन्टर, जुलोजिकल पार्कभित्र र बाहिर बाटो निर्माण, ५० हेक्टर जमीनमा जङ्गल व्यवस्थापन केन्द्र र वन्यजन्तु उद्धार तथा जङ्गलको फायर निर्माणलगायतका संरचना निर्माण गर्ने गरी डिपिआर तयार गरिएको ठकुन्नाले बताउनुभयो ।

“जुलोजिकल पार्क नितान्त प्राकृतिक सम्पदालाई संरक्षण गर्दै निर्माण हुनेछ”, ठकुन्नाले भन्नुभयो, “त्यस वन क्षेत्रमा बाँच्न सक्ने तर त्यस ठाउँमा हाललाई नभएको जीवजन्तुलाई समेत त्यस क्षेत्रमा तारबार गरेर राख्न सकिन्छ ।” उहाँले पर्यटकलाई सडकमार्ग र पदमार्गमार्फत जङ्गल सफारी गराउँदै जीवजन्तुको अवलोकन गर्न सकिने बताउनुभयो । खासगरी जङ्गली जनवारको बासस्थान संरक्षण गर्नु मुख्य काम हुनेछ । मालिका क्षेत्रमा रहेको सामुदायिक वनमा जुलोजिकल पार्क निर्माण गरी बागलुङ आउने पर्यटकलाई जैविक तथा प्राकृतिक विविधतामा रमाउने लक्ष्य बागलुङ नगरपालिकाको छ  । 

जङ्गली जनवारको चोरी शिकार बढ्दै जानु तथा प्राकृतिक वातावरण नासिँदै जान थालेपछि प्राकृतिक तथा जैविक विविधताको संरक्षणसँगै नगरपालिकाले प्राणी उद्यानको परिकल्पना गरेको हो । सामुदायिक वन क्षेत्रमा १०० भन्दा बढी प्रजातिका वन्यजन्तु रहेको अध्ययन तथा अनुसन्धानका क्रममा  पाइएको छ । बागलुङमा पाँच कोटको सङ्गम मानेर निर्माण भइरहेको धार्मिक पर्यटकीयस्थल पञ्चकोट क्षेत्रमा पुग्ने पर्यटकलाई जुलोजिकल पार्क अवलोकनका लागि समेत लैजान सकिने छ । 

पाँच कोटमध्येका ताराजालकोट, कारिकोट, माझकोट, संसारकोट र रायँरायकोट क्षेत्रसमेत जुलोजिकल पार्क क्षेत्रमा पर्ने भएकाले नगर र जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । पाँच कोटमध्ये प्राकृतिक तथा धार्मिक हिसाबले संसारकोट धेरै चर्चित छ । भौगोलिकलगायतका क्षेत्र यही वन क्षेत्रमा पर्ने भएकाले प्राणी उद्यानमा पर्यटक पु¥याउन सहज हुने नगरप्रमुख पौडेल बताउनुहुन्छ । पर्यटकलाई आकर्षित गरी आरामदायी आतिथ्यता प्रदान गर्ने व्यवस्थाका लागि सुविधासम्पन्न होटल, रिसोर्ट सञ्चालनका लागिसमेत पहल र प्रोत्साहित गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ । 

वर्षाले बेलैमा रोपाइँ

जिल्लामा ५५ प्रतिशत रोपाइँ सकिएको छ । वर्षाले साथ दिएपछि चाँडै रोपाइँ भएको हो । असारभित्र अधिकांश क्षेत्रमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । “मौसम अनुकूल पर्नाले यसपालि रोपाइँ छिटो भयो”, केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भन्नुभयो । सिञ्चित र दुई बाली फल्ने खेतमा त जेठ दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको थियो ।

बढी धान उब्जाउ हुने मजुवा फाँटमा रोपाइँ सकिएको गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । गलकोटका मजुवालगायत फाँट खोला आसपास भएकाले रोपाइँलाई समस्या नपर्ने उहाँको भनाइ छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् । आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिक जसो परेको वर्षाले किसानलाई राहत मिलेको छ ।  छिटो रोपाइँ हुने क्षेत्रमा गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायत पर्छन् । तीन बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । 

जिल्लाको कुल ६ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । “बागलुङमा प्रतिहेक्टर तीन मेट्रिक टन धान उत्पादन हुन्छ”, वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले भन्नुभयो, “उन्नत र वर्णसङ्कर जातको धान खेती विस्तारै बढ्दै छ ।”

बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वर्णसङ्करतिर आकर्षित हुन थालेका छन् । तुलनात्मक रुपमा भने अहिले पनि स्थानीय जातकै धान खेती बढी हुने गरेको केन्द्रले जनाएको छ । उन्नत धानको खेती बढाउन किसानका लागि बीउ वितरण, विज वृद्धिजस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने किसान बताउँछन् । 

जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुख्खा १,२,३ लगायतका उन्नत धानको खेती हुँदै आएको छ । छिमेकी पर्वत जिल्लामा भने हालसम्म जम्मा २५ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । पर्वतमा झण्डै साढे आठ हजार हेक्टरमा धान खेती हुँदै अएको छ । केन्द्रको कार्यक्षेत्रमा बागलुङ र पर्वत पर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य