४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा १३१ असहाय महिलालाई निःशुल्क बाख्रा वितरण

२४ असार २०७७, बुधबार ०७:५३

असार २४, झिमरुक । प्युठानको गौमुखी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत १३१  असहाय महिलालाई निःशुल्क बाख्रा वितरण गरिएको छ । आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने उद्देश्यले स्थानीय खरी जातका बाख्रा वितरण गरिएको कार्यक्रमका सहजकर्ता सीताराम केसीले बताउनुभयो । 

 पालिकाका सात वटा वडाका एकल महिलाले बाख्रा पाएका छन् । सोका लागि मुख्यमन्त्री कार्यक्रममार्फत रु सात लाख बजेट विनियोजन गरिएको थियो ।

 वृद्धवृद्धा सम्मानित 

 गाउँपालिका क्षेत्रका एक सय वृद्धवृद्धालाई सम्मान गरिएको छ । सामाजिक संरक्षण कार्यक्रममार्फत उनीहरुलाई सम्मान गरिएको हो । तिनलाई हर्लिक्स, थर्मस, छाता, कम्बललगायत सामाग्री वितरण गरिएको सहजकर्ता केसीले बताउनुभयो । सो कार्यक्रमका लागि रु तीन लाख ५० हजार बजेट विनियोजन गरिएको थियो ।

त्यस्तै कार्यक्रममार्फत गौमुखी क्षेत्रका ७ वडामा तीन वटाको दरले २१  प्लाष्टिक टनेल, दुई नर्सरी स्थापना, सात उत्कृष्ट कृषकलाई सम्मानलगायत कार्यक्रम गरिएको थियो ।  त्यस्तै मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाका १६ कृषकलाई प्लाष्टिक टनेल वितरण गरिएको छ ।

व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई सहयोग पु¥याउने उदेश्यले प्लाष्टिक टनेल वितरण गरिएको सहजकर्ता हेमराज अधिकारीले बताउनुभयोे । यसको प्रयोगले मौसमी तथा बेमौसमी तरकारी खेती गरी व्यावसायिक कृषक बन्नका लागि भूमिका खेल्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ