२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका स्थानीय तहमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन

२०७७, २५ असार बिहीबार १०:४२

असार २५, झिमरुक । जिल्लाका स्थानीय तहले नागरिकलाई खानेपानीको सहज आपूर्तिका लागि एक घर एक धारा कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको माण्डवी गाउँपालिकाले जनतालाई खानेपानीको सहज पहुँच पु¥याउन एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको छ । 

आव २०७४/७५ देखि नै पालिकाका विभिन्न क्षेत्रमा खानेपानीकोे सहज आपूर्ति गराइ एक घर एक धारा बनाउने अभियान शुरु गरेको हो । मानिसको पहिलो आधारभूत आवश्यकता पानी नै भएकाले पालिकाले यो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले बताउनुभयो । 

पालिकाले अघिल्लो आवमा साना ठूला गरी २० वटा खानेपानीका योजना सञ्चालन गरेको थियो । जसका लागि रु दुई करोड १५ लाख बजेट विनियोजन भएको थियो । यसबाट ८०० घरधुरीका करिब चार हजार जनता लाभान्वित भएको गाउँपालिका प्राविधिक सागर पण्डितले बताउनुभयो । त्यस्तै चालू आवमा पनि पालिकाका २३० घरधूरीमा धारा निर्माण गरिए र यसबाट करिब एक हजार ४०० जनता लाभान्वित भएका छन् । पालिकाले यसका लागि पनि रु २६ लाख बजेट विनियोजन भएको थियो । पालिकाकै बजेटबाट आँपचौर लिफ्ट खानेपानी र उदयपुरकोट लिफ्ट खानेपानीको काम पनि सञ्चालन गरेको प्राविधिक पण्डितले बताउनुभयो । 

पालिकाबाट चालू आवमा दुवै योजनाका लागि रु १५/१५ लाख बजेट विनियोजन गरिएको छ । पालिकाले आगामी वर्षमा पनि एक घर एक धारा अभियानलाई निरन्तरता दिने भएको छ । प्युठान नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा ३५० घरमा धारा निर्माण गरेको छ । चालू आवमा ८०० घरधुरीमा धारा पु¥याउने लक्ष्य नगरपालिकाको रहेपनी बन्दाबन्दीले काम गर्न नपाएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । 

चालू आवमा रु आठ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । आगामी वर्षमा पनि नगरपालिकाले करिब ८०० घरमा धारा निर्माण गर्ने नगरप्रमुख कक्षपतिले बताउनुभयो । नगरक्षेत्रमा २०७४ पश्चात करिब एक हजार २०० घरमा धारा निर्माण गरिएको उहाँले बताउनुभयो ।

जिल्लाकै गौमुखी गाउँपालिकामा हालसम्म २०१ घरमा धारा निर्माण भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत–२ अर्खामा १५१  र वडा नं ३ रजवारामा ५० घरधुरीमा धारा निर्माण भएको गाउँपालिका अध्यक्ष विष्णु गिरीले बताउनुभयो । वडा नं ४ पूजामा केन्द्र र प्रदेश सरकारको दुई करोड ५० लाख लगानीमा गौथलेमुल लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको अध्यक्ष गिरीले बताउनुभयो । आयोजना निर्माण पश्चात यहाँका २०० घरधुरी लाभान्वित हुने छन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक घर एक धारा कार्यक्रमका लागि रु एक करोड बजेट विनियोजन गरेको छ ।

जिल्लामा सङ्घीय सरकारमार्फत ६१ र प्रदेश सरकारबाट १६ खानेपानीका योजना सञ्चालन भइरहेको खोनपानी तथा सरसफाइ डिभिजन कार्यालय प्युठानले जनाएको छ । प्युठान नगरपालिकाको खैराकोट खानेपानी योजना, माण्डवीको जाडीखोला खानेपानी आयोजना सम्पन्न भइसकेका छन् ।

माण्डवी गाउँपालिका नयाँ गाउँ खानेपानी आयोजनाबाट करिब १५२ घरधुरी लाभान्वित भएका छन् भने अन्य खानेपानी आयोजनाका काम भइरहेको कार्यालयले जनाएको छ । चालू आवमा योजनाको कामका लागि केन्द्र सरकारमार्फत रु १५ करोड एक लाख ९० हजार र  प्रदेश सरकारबाट रु नौ करोड ९४ लाख  बजेट विनियोजन भएको कार्यालय प्रमुख आदित हुसेनले बताउनुभयो । बहुवर्षीय योजना भएकाले योजनाको काम सकिन समय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन