४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका स्थानीय तहमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन

२५ असार २०७७, बिहीबार १०:४२

असार २५, झिमरुक । जिल्लाका स्थानीय तहले नागरिकलाई खानेपानीको सहज आपूर्तिका लागि एक घर एक धारा कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको माण्डवी गाउँपालिकाले जनतालाई खानेपानीको सहज पहुँच पु¥याउन एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको छ । 

आव २०७४/७५ देखि नै पालिकाका विभिन्न क्षेत्रमा खानेपानीकोे सहज आपूर्ति गराइ एक घर एक धारा बनाउने अभियान शुरु गरेको हो । मानिसको पहिलो आधारभूत आवश्यकता पानी नै भएकाले पालिकाले यो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले बताउनुभयो । 

पालिकाले अघिल्लो आवमा साना ठूला गरी २० वटा खानेपानीका योजना सञ्चालन गरेको थियो । जसका लागि रु दुई करोड १५ लाख बजेट विनियोजन भएको थियो । यसबाट ८०० घरधुरीका करिब चार हजार जनता लाभान्वित भएको गाउँपालिका प्राविधिक सागर पण्डितले बताउनुभयो । त्यस्तै चालू आवमा पनि पालिकाका २३० घरधूरीमा धारा निर्माण गरिए र यसबाट करिब एक हजार ४०० जनता लाभान्वित भएका छन् । पालिकाले यसका लागि पनि रु २६ लाख बजेट विनियोजन भएको थियो । पालिकाकै बजेटबाट आँपचौर लिफ्ट खानेपानी र उदयपुरकोट लिफ्ट खानेपानीको काम पनि सञ्चालन गरेको प्राविधिक पण्डितले बताउनुभयो । 

पालिकाबाट चालू आवमा दुवै योजनाका लागि रु १५/१५ लाख बजेट विनियोजन गरिएको छ । पालिकाले आगामी वर्षमा पनि एक घर एक धारा अभियानलाई निरन्तरता दिने भएको छ । प्युठान नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा ३५० घरमा धारा निर्माण गरेको छ । चालू आवमा ८०० घरधुरीमा धारा पु¥याउने लक्ष्य नगरपालिकाको रहेपनी बन्दाबन्दीले काम गर्न नपाएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । 

चालू आवमा रु आठ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । आगामी वर्षमा पनि नगरपालिकाले करिब ८०० घरमा धारा निर्माण गर्ने नगरप्रमुख कक्षपतिले बताउनुभयो । नगरक्षेत्रमा २०७४ पश्चात करिब एक हजार २०० घरमा धारा निर्माण गरिएको उहाँले बताउनुभयो ।

जिल्लाकै गौमुखी गाउँपालिकामा हालसम्म २०१ घरमा धारा निर्माण भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत–२ अर्खामा १५१  र वडा नं ३ रजवारामा ५० घरधुरीमा धारा निर्माण भएको गाउँपालिका अध्यक्ष विष्णु गिरीले बताउनुभयो । वडा नं ४ पूजामा केन्द्र र प्रदेश सरकारको दुई करोड ५० लाख लगानीमा गौथलेमुल लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको अध्यक्ष गिरीले बताउनुभयो । आयोजना निर्माण पश्चात यहाँका २०० घरधुरी लाभान्वित हुने छन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक घर एक धारा कार्यक्रमका लागि रु एक करोड बजेट विनियोजन गरेको छ ।

जिल्लामा सङ्घीय सरकारमार्फत ६१ र प्रदेश सरकारबाट १६ खानेपानीका योजना सञ्चालन भइरहेको खोनपानी तथा सरसफाइ डिभिजन कार्यालय प्युठानले जनाएको छ । प्युठान नगरपालिकाको खैराकोट खानेपानी योजना, माण्डवीको जाडीखोला खानेपानी आयोजना सम्पन्न भइसकेका छन् ।

माण्डवी गाउँपालिका नयाँ गाउँ खानेपानी आयोजनाबाट करिब १५२ घरधुरी लाभान्वित भएका छन् भने अन्य खानेपानी आयोजनाका काम भइरहेको कार्यालयले जनाएको छ । चालू आवमा योजनाको कामका लागि केन्द्र सरकारमार्फत रु १५ करोड एक लाख ९० हजार र  प्रदेश सरकारबाट रु नौ करोड ९४ लाख  बजेट विनियोजन भएको कार्यालय प्रमुख आदित हुसेनले बताउनुभयो । बहुवर्षीय योजना भएकाले योजनाको काम सकिन समय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ