Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीमा खोलामा डुबेर दुई युवक बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असार २६, परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन् । जिल्लाको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा आज बिहान माछा मार्न गएका तीनमध्ये दुई जना खोलामा डुबेका हुन् ।</p><p>बेपत्ता हुनेमा सोही स्थान बस्ने २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रवीण विक रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । उनीहरुसँगै गएका १६ वर्षीय सोहनकुमार सोनारले साथी खोलामा डुबेको खबर प्रहरीलाई गरेका थिए ।</p><p>इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी र स्थानीयवासीसहितको टोलीले बेपत्ताको खोजी तीव्र पारेको प्रनाउ लामाले जानकारी दिनुभयो । माछा मार्ने क्रममा शुरुमा प्रवीण अचानक चिप्लेर खोलामा डुबेका थिए ।</p><p> उनलाई बचाउन जाँदा सुधिर पनि डुबेर वेपत्ता भएका हुन् । राति आएको पानीले खोलामा बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।</p>