२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

आँट गरे पुग्छ

२०७७, २७ असार शनिबार १०:१९

असार २७, महोत्तरी (रासस) । 'राम्रो सोचेर काम थालेपछि सहयोगी हात थपिन्छन्’ भन्ने मान्यता महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा देखिएको छ । विद्यालय परिसरमा बालउद्यान निर्माणको काम आफ्ना पाखुरीकै भरमा थालेका जनसहयोगी युवा सञ्जाल बर्दिवासमा आवद्ध युवाले सामग्री र अर्थाभावले काम रोक्नुपर्ने स्थिति अहिलेसम्म नपरेको बताएका छन् ।

“लकडाउनका बेला व्यवसाय पनि चलेका छैनन्, यस्तो बेला कुनै रचनात्मक सामाजिक काम गराँै भनेर बालउद्यान निर्माणको काम थाल्यौँ”, बर्दिवास चोकमा होटल व्यवसाय गर्दै आउनुभएका सञ्जालका संयोजक परमेश्वर महतोले भन्नुभयो, “पहिलो चरणमा सञ्जालमा आवद्ध साथी जम्मा भई काम थाल्यौँ, दिनदिनै सहयोग दिनेहरु थपिदै गए, यसले काममा हौसला बढाइरह्यो ।” बालउद्यान निर्माणकार्यको खाका इञ्जीनियर मनोजकुमार महतोले बनाइदिनु भएर सोअनुसार काम गर्ने स्वीकृति विद्यालय प्रशासनबाट पाएपछि निर्माण सामग्रीको अभाव नभएको उहाँको भनाइ छ ।

जम्मा तीन बिघा क्षेत्रफलको विद्यालय परिसरमध्ये एक बिघा १० कठ्ठामा विद्यालय भवन, मैदान र बालउद्यान क्षेत्र पर्दछन् । बाँकी एक बिघा १० कठ्ठा भने खेतीयोग्य जमिन छ । सञ्जालमा आवद्ध युवा बालउद्यान निर्माणमा जुटेपछि छिमेकको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह आफैँ युवालाई हौस्याउन ५० बोरा सिमेन्ट लिएर कार्यस्थल पुग्नुभएको थियो ।

त्यसैगरी बर्दिवास–१ का होटल व्यवसायी बिष्णु खड्काले पनि ५० बोरा सिमेन्ट, बर्दिवास–१४ का रुपेश महतोले पाँच हजार इँटा र पशुपतिनगर बस्तीकै अमृतकुमार महतोले छ हजार इँटा उपलब्ध गराउनु भएपछि सहयोगी हात क्रमशः थपिँदै गएपछि सामग्रीको अभाव झेल्नु नपरेको निर्माणकार्यमा श्रम गरिरहनुभएकी सञ्जाल आवद्ध जमुना साह बताउनुहुन्छ ।

“भन्छन् नि, तँ राम्रो चिताएर काम थाल, पु¥याउने आइपुग्छन्”, कक्षा–१२मा अध्ययनरत् उहाँले भन्नुभयो, “यहाँको कामले यो देखायो ।” अहिले पनि सञ्जाल आवद्ध युवा दिनरात नभनी बालउद्यान निर्माणको काममा जुटिरहेका छन् । निर्माण काममा जुटेपछि शुरुआती सहयोग पशुपतिनगर बाहिरबाटै पाइएको र पछि विद्यालय प्रशासनको आडभरोसा र स्थानीयको उदात्तभावले काममा सधैँ हौँस्याएको सञ्जाल आवद्ध युवा बताउँछन् ।

पशुपतिनगर बाहिरबाट आएका युवाले आफ्नो ठाउँमा दिनरात नभनी विद्यालय परिसरको सौन्दर्य वृद्धिका लागि पसिना बगाउन थालेपछि विद्यालय परिसरको सौन्दर्य उजेलिएको छ । छिमेकीहरुको साथसहयोग र सामाजिक काममा  दिलोज्यानले लाग्ने कर्मशील युवाको हात पाएपछि विद्यालय परिसरको स्वरुप फेरिएको बर्दिवास–९ का वडाध्यक्ष टेकवीर रखाल बताउनुहुन्छ ।

 “ठाउँ हाम्रो, तर काम गर्न पशुपतिनगर बाहिरका युवा आए, सामग्रीको सहयोग गर्ने पनि पशुपतिनगर बाहिरकै हाम्रा छिमेकी भए” उहाँले भन्नुभयो, “यसले सबै ठाउँप्रति सद्भाव राख्न सन्देश पनि दिएको छ ।” अहिले आफ्नै बस्तीमा पनि निर्माणकार्यमा सहयोगी वातावरण बन्दै गएको रखालको भनाइ छ ।  

अहिले बालउद्यान निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । विद्यालय परिसर वरिपरि उद्यानका लागि १०० मिटर दूरीमा पर्खाल बनेको र विद्यालय भवन अगाडिको पिपलको रुखको छाँयामा चौतारो निर्माण सम्पन्न भएको छ । निर्माणकार्यमा सञ्जाल आवद्ध युवासँगै दिनरात जुटिरहेका स्थानीय सामाजिक कार्यकर्ता अमृतकुमार महतोले बताउनुभयो ।

अहिले पशुपतिनगरमा बालउद्यान निर्माणकार्यका लागि स्थानीयवासीले मुठ्ठीदान अभियान सञ्चालन गरेका छन् । दिनहुँ कडा श्रमको काममा जुटेका सञ्जाल आवद्ध २० युवा पण्डाल गाडेर विद्यालय परिसरमै खाने, सुत्ने गरिरहेका छन् । अब स्थानीयवासीकै सहयोगमा खानपिन सहज बनेको सञ्जाल आवद्ध युवा बताउँछन् ।

बालउद्यान निर्माणकार्य सम्पन्न गर्न ५० लाख लाग्ने अनुमान छ । पहिलो चरणमा अहिलेसम्म जुटेको रु पाँच लाख सहयोगले पहिलो चरणको काम सम्पन्न भएको सञ्जालका महासचिव ज्ञानेन्द्र महतोले जानकारी दिनुभयो । जनताकै साथ सहयोगबाट यो कार्य आउने दशैँअगावै सम्पन्न गर्ने लक्ष्यसाथ काम अघि बढाइएको सञ्जालले जनाएको छ । 

निर्माण भन्नेबित्तिकै विभिन्न निकायको बजेट पर्खने र मुख ताक्ने आम प्रवृत्ति बढेका बेला सञ्जाल आवद्ध युवाले आफ्नो ठाउँमा आफ्नै तत्परताले राम्रा काम गर्न सकिने दृष्टान्त दिएका छन् । सबैको अलिअलि मात्र साथ सहयोग भए काम भन्नेबित्तिकै कुनै निकायको बजेट नै चाहिन्छ भन्ने कुरा सामूहिक प्रयत्न र सकारात्मक सोचले हटाउन सकिने बालउद्यान निर्माणकार्यमा संलग्न युवा पत्रकार प्रेस सङ्गठन नेपाल महोत्तरीका संयोजक राजकरण महतोको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन