४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई दिनदेखि सिमकोट बजार अन्धकारमय

३० असार २०७७, मंगलवार ०५:१७

असार ३०, सिमकोट। विद्यु गृहको यन्त्रमा खराबी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका गाउँ अन्धकारमय बनेका छन् । जिल्ला सदरमुकाम सिमकोटलगायत खार्र्पुनाथ र सिमकोट गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको ५०० किलोवाट क्षमताको हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् बन्द भएको हो । यसले गर्दा दुई गाउँपालिकाका करीब १८  घरधुरीका सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् ।

आयोजनाको विद्युत्गृहमा रहेका दुई यन्त्रमा खराबी आएपछि विद्युत् उत्पादन नहुँदा सिमकोटलगायत गाउँ अन्धकार भएको हिल्दुम साना जलविद्युत् आयोजनाको वितरण केन्द्र सिमकोटले जनाएको छ ।  सिमकोटमा  विद्युत् अवरुद्ध भएपछि असार मसान्तमा विकासे बजेट भुक्तानी गरिरहेका जिल्लाका सरकारी कार्यालयलाई काम गर्न समस्या भएको छ । अनलाइनमार्फत भुक्तानीको व्यवस्था भएकाले बत्ती अनिवार्य  भएकाले काममा सास्ती भएको चंखेली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले जानकारी दिनुभयो । 

जिल्लाका सात स्थानीय तहमध्ये पाँच तहका पदाधिकारी आयोजनाको रकम भुक्तानीका लागि सदरमुकाम सिमकोटमा आएको तर विद्युत् नहुँदा अनलाइन भुक्तानी दिन समस्या भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ ।यस्तै विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा एक्सरे, भिडियो एक्सरेलगायत विद्युतीय माध्यमबाट हुने सम्पूर्ण काम ठप्प भएको अस्पतालका डा टसीआन्जुक लामाले जानकारी दिुनभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ