२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मध्यविन्दुबाट युवालाई सहुलियत ऋण

२०७७, ३१ असार बुधबार ०९:२६

असार ३१, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बन्न नगरपालिकाले सहुलियत दरमा ऋण दिने भएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ देखि नयाँ कार्यक्रमस्वरुप युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगर क्षेत्रभित्रका उद्यम गर्न चाहने महिलालाई तीन प्रतिशत तथा पुरुषलाई चार प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने नगर प्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । नगरपालिकाबाट कृषि विकास बैंकसँग सहकार्य गरेर विदेशबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बनाउन ऋण लगानी गर्न लागिएको जनाइएको छ । 

आगामी आव २०७७/७८ को नीति तथा कार्यक्रममा नै समावेश गर्दै युवा स्वरोजगार कार्यक्रमका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाले कृषि विकास बैंकमा धरौटीवापत सो रकम जम्मा गर्ने र बैंकले स्वरोजगार हुन चाहने युवाका लागि रु ६ करोड बराबर ऋण प्रवाह गर्ने सहमति भएको रानाले बताउनुभयो । नगरका स्वरोजगार हुन चाहने युवाको आवेदन सङ्कलन गरेर प्रतियुवा रु ५० हजारदेखि पाँच लाखसम्म लगानी गरिने जनाइएको छ । 

नगरपालिकाले वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रममार्फत ऋण दिने भए पनि सो योजनामार्फत विदेश नगएका तथा यहीँ केही उद्यम गर्न इच्छुक युवालाई समेत समावेश गर्ने नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले जानकारी दिनुभयो । हाल नगरका बेरोजगार युवा तथा विदेशबाट फर्किएका र फर्किन चाहने युवाको लगत सङ्कलन भइरहेको बताइएको छ । लगत सङ्कलनपछि स्वरोजगार हुन चाहने युवाबाट सार्वजनिक रुपमा आवेदन माग गरिने रेग्मीको भनाइ छ । नगरका युवालाई आफ्नै भूमिमा स्वरोजगार बनाउनका लागि नगरपालिकाले सीप, प्रविधि र लगानी गर्दै उद्यमशील बनाउने नगर उपप्रमुख ओमकुमारी महतोले बताउनुभयो । 

बजेट पारित

मध्यविन्दुको सातौँ नगरभाले आगामी आव २०७७÷७८ का लागि रु ७९ करोड ६१ लाख एक हजार ६३१ बराबरको बजेट पारित गरेको छ । सातौँ नगरसभामा नगर उपप्रमुख महतोले प्रस्तुत गर्नुभएकोे आगामी आवको अनुमानित आयव्यय नगरसभाले सर्वसम्मत पारित गरेको हो ।

आगामी आवका लागि नगरपालिकाले चालूतर्फ रु ३६ करोड ९१ लख ४६ हजार तथा पूँजीगततर्फ रु ४२ करोड ६५ लाख ५ हजार ५३१ बजेट विनियोजन गरेको छ । कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन, रोजगारी गुमाएका नागरिकलाई उद्यमशीलतामार्फत स्वरोजगार बनाउनु बजेटको मुख्य उद्देश्य रहेको महतोले बताउनुभयो । कृषि विकास कार्यक्रमका लागि रु ८६ लाख ८० हजार, पशुसेवा कार्यक्रमका लागि  रु ८५ लाख १० हजार, स्वाथ्य सेवा कार्यक्रमका लागि रु ९४ लाख ९७ हजार, शिक्षातर्फ रु एक करोड ७४ लाख ७३ हजार ८७० र  वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रमका लागि रु एक करोड ५० लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन