२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मध्यविन्दुबाट युवालाई सहुलियत ऋण

३१ असार २०७७, बुधबार ०९:२६

असार ३१, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बन्न नगरपालिकाले सहुलियत दरमा ऋण दिने भएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ देखि नयाँ कार्यक्रमस्वरुप युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगर क्षेत्रभित्रका उद्यम गर्न चाहने महिलालाई तीन प्रतिशत तथा पुरुषलाई चार प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने नगर प्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । नगरपालिकाबाट कृषि विकास बैंकसँग सहकार्य गरेर विदेशबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बनाउन ऋण लगानी गर्न लागिएको जनाइएको छ । 

आगामी आव २०७७/७८ को नीति तथा कार्यक्रममा नै समावेश गर्दै युवा स्वरोजगार कार्यक्रमका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाले कृषि विकास बैंकमा धरौटीवापत सो रकम जम्मा गर्ने र बैंकले स्वरोजगार हुन चाहने युवाका लागि रु ६ करोड बराबर ऋण प्रवाह गर्ने सहमति भएको रानाले बताउनुभयो । नगरका स्वरोजगार हुन चाहने युवाको आवेदन सङ्कलन गरेर प्रतियुवा रु ५० हजारदेखि पाँच लाखसम्म लगानी गरिने जनाइएको छ । 

नगरपालिकाले वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रममार्फत ऋण दिने भए पनि सो योजनामार्फत विदेश नगएका तथा यहीँ केही उद्यम गर्न इच्छुक युवालाई समेत समावेश गर्ने नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले जानकारी दिनुभयो । हाल नगरका बेरोजगार युवा तथा विदेशबाट फर्किएका र फर्किन चाहने युवाको लगत सङ्कलन भइरहेको बताइएको छ । लगत सङ्कलनपछि स्वरोजगार हुन चाहने युवाबाट सार्वजनिक रुपमा आवेदन माग गरिने रेग्मीको भनाइ छ । नगरका युवालाई आफ्नै भूमिमा स्वरोजगार बनाउनका लागि नगरपालिकाले सीप, प्रविधि र लगानी गर्दै उद्यमशील बनाउने नगर उपप्रमुख ओमकुमारी महतोले बताउनुभयो । 

बजेट पारित

मध्यविन्दुको सातौँ नगरभाले आगामी आव २०७७÷७८ का लागि रु ७९ करोड ६१ लाख एक हजार ६३१ बराबरको बजेट पारित गरेको छ । सातौँ नगरसभामा नगर उपप्रमुख महतोले प्रस्तुत गर्नुभएकोे आगामी आवको अनुमानित आयव्यय नगरसभाले सर्वसम्मत पारित गरेको हो ।

आगामी आवका लागि नगरपालिकाले चालूतर्फ रु ३६ करोड ९१ लख ४६ हजार तथा पूँजीगततर्फ रु ४२ करोड ६५ लाख ५ हजार ५३१ बजेट विनियोजन गरेको छ । कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन, रोजगारी गुमाएका नागरिकलाई उद्यमशीलतामार्फत स्वरोजगार बनाउनु बजेटको मुख्य उद्देश्य रहेको महतोले बताउनुभयो । कृषि विकास कार्यक्रमका लागि रु ८६ लाख ८० हजार, पशुसेवा कार्यक्रमका लागि  रु ८५ लाख १० हजार, स्वाथ्य सेवा कार्यक्रमका लागि रु ९४ लाख ९७ हजार, शिक्षातर्फ रु एक करोड ७४ लाख ७३ हजार ८७० र  वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रमका लागि रु एक करोड ५० लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान