२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पहिराले दलित बस्तीको उठीबास

२०७७, २ श्रावण शुक्रबार ०४:१३

साउन २, सिमकोट। पहिराले हुमलाको ताँजकोट वडा नं ४  खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिराबाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट धनसुर दमाईँले जानकारी दिनुभयो । 

पहिराले दुई घरमा क्षति पुगेको छ भने अन्य सबै घरको नाजुक  अवस्था आएपछि बिहानदेखि बस्तीका सबै घरपरिवार आफ्नो घर छाडेर देउला गैरामा पाल टाँगेर बसेको  दमाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोले हाम्रो त उठीवास गरायो ।”

माथिबाट आएको सुख्खा पहिराले घर झुण्डिएको अवस्थामा रहेपछि सबै घर खाली गरेर बारीमा सरेका छन् ।  आफूले लगाएको मकै, कोदो, धान  सबै पहिराले छोपेर लगेपछि घर पहिरामा झुण्डिएको अवस्थामा रहेको बताउँदै स्थानीयवासी तुथा परियारले भन्नुभयो, “झुण्डिएको अवस्थामा रहेका घरलाई कतिखेर पहिरोले बगाउने हो भन्ने डर भएपछि दलित बस्तीका सबै घरधुरीले आफ्ना घर खाली गरेका छन् ।”

पहिरामा परेर मानवीय र पशुचौपायाको क्षति नभए पनि प्रतिघर चार हल जग्गा बगाएर लगेको स्थानीयवासी धनसुर परियारले बताउनुभयो । पहिरोस्थलबाट प्रहरी चौकी निकै टाढा भएपछि क्षतिको यकिन विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पहिरो गएर दलित बस्ती जोखिममा रहेको खबर आएपछि कवाडी सीमा प्रहरीचौकीको टोलीलाई स्थलगत रुपमा बुझ्न पठाइएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै