२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिममा विपद् बाट १ महिनामा १६ जनाको मृत्यु

९ श्रावण २०७७, शुक्रबार ०७:०४

साउन ९, गोदावरी । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा भएका विपद्का ४१ घटनामा १६ को मृत्यु भएको छ भने १८ घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यो हप्ताको मङ्गलबार दार्चुलामा विपद्का घटनामा थप दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

सुदूरपश्चिममा पछिल्लो एक महिनाको अवधिमा पहिराबाट सबैभन्दा बढी जनधनको क्षति भएको जनाइएको छ । यो अवधिमा सुदूरपश्चिम प्रदेशमा भएका पहिराका २५ घटनामा ११ को मृत्यु भएको छ । पहिराका कारण एक अझै बेपत्ता रहेका छन् भने आठ घाइते भएका छन् ।

प्रदेशमा बाढीका ६ घटनामा धनमालको निकै क्षति हुनुका साथै ६७ परिवार विस्थापित भएका छन् । बाढीबाट अहिलेसम्म मानवीय क्षति भने भएको छैन । विपद्का घटनमा सबैभन्दा बढी मानवीय क्षति बझाङमा भएको छ । पछिल्लो एक महिनाको अवधिमा बझाङमा पहिरो र बाढीका कारण सात जनाको मृत्यु भइसकेको छ ।

विपद्बाट बझाङमा तीन पुरुष र चार महिलासहित सातको मृत्यु भएको छ । पहिराका कारण एक अझै बेपत्ता छन् । पहिराबाट एक घाइते भएका छन् । बाढी तथा पहिराबाट ३४ परिवार विस्थापित भएका छन् भने १७ घरमा पूर्ण क्षति पुगेको जनाइएको छ ।

केन्द्रका अनुसार बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का सबैभन्दा बढी घटना दार्चुलामा भएका छन् । पछिल्लो एक महिनाको अवधिमा दार्चुलामा विपद्का विभिन्न १० घटना भएका छन् । ती घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष र तीन महिला गरी पाँच घाइते भएका छन । बाढी र पहिरोका घटनामा दार्चुलामा छ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने दुई घरमा आंशिक क्षति पुगेको छ । बाढी तथा पहिरोबाट दार्चुलामा नौ परिवार विस्थापित भएका छन् ।

बाजुरामा विपद्का आठ घटनामा एक महिला र एक पुरुष गरी दुईको मृत्यु भएको छ । बाढी तथा पहिराबाट बाजुरामा २० परिवार प्रभावित भएको जनाइएको छ । पछिल्लो एक महिनामा डोटीमा आठ विपद्का घटना भएका छन् । बैतडीमा तीन, कञ्चनपुरमा दुई र कैलालीमा दुई विपद्का घटना भए पनि मानवीय क्षति भने भएको छैन । कैलालीमा बाढीबाट १४ घरपरिवार र कञ्चनपुरमा दुई घर प्रभावित भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य