२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

८१ लाख मूल्य बराबरको अवैध सामान बरामद

२०७७, १० श्रावण शनिबार ०६:४९

साउन १०, कैलाली | जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महिनामा रु ८१ लाख बराबरको अवैध सामान र सवारी साधन बरामद गरेको छ । 

सो अवधिमा मरिच, लत्ताकपडा, भारतीय रकम, खैनी, मटर, चना, सुपारी, टिभि, यूरिया मल, घरेलु मदिरा गरी रु २९ लाख ८० हजार ८६० मूल्य बराबरको सामान अवैधरुपमा भारततर्फ पैठारी एवं निकासीका क्रममा पक्राउ गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै अवैध रुपमा चोरी निकासी एवं पैठारीमा प्रयोग गरिएको रु ५१ लाख ३१ हजार ४८० मूल्य बराबरको ३० विभिन्न सवारी साधन पक्राउ गरिएको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले  जिल्लाका विभिन्न प्रहरी कार्यालयले एक महिनाको अवधिमा भारततर्फ चोरी निकासी गर्ने क्रममा विभिन्न सामग्री, सवारी साधन तथा अवैध घरेलु मदिरा पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानी र आन्तरिक राजश्व कार्यालयमा वुझाएको जानकारी दिनुभयो । सोही क्रममा ३६ व्यक्तिलाई पक्राउ गरिएको प्रमुख खड्काले बताउनुभयो ।

यस्तै प्रहरीले विगत एक महिनाको अवधिमा चोरी एवं हराएका २८ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कार्यालयले हराएका एवं चोरी भएका मोबाइल पत्ता लगाउन पाँच जनाको एक टोली परिचालन गरेको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै