२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बेलकामा प्रहरी र आन्दोलनकारीबीच झडप

२०७७, १८ श्रावण आईतवार १५:४७

साउन १८, उदयपुर | उदयपुरको बेलका नगरपालिकाको रामपुर ठोक्सिला बजारस्थित नगरपालिका परिसरमा आज दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रहरी जवान र एक आन्दोलनकारी घाइते भएका छन् ।

इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका नेपाली काँग्रेस, सङ्घीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध विरोधसभा गरेको र सो कार्यक्रम बरगाछी बजारको जनजाति हल परिसरमा गर्ने सम्झौता भएको थियो । बरगाछी क्षेत्रमा कोरोना सङ्क्रमण व्यापक फैलिएको कारण २५ जनामात्र भेला भएर कार्यक्रम गर्ने भनिए पनि ५०० भन्दा बढीको सङ्ख्या आन्दोलनकारी आएर नगरपालिकाको कार्यालय नै तोडफोड गर्न खोजेको र नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि सुरक्षामा बसेका प्रहरी र आन्दोलनकारीबीच झडप भएको इप्रका रापुरले बताएको छ ।

आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी जवान राजकुमार बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ भने आन्दोलनकारीपट्टि पनि एकजना घाइते भएको इप्रका रामपुर ठोक्सिलाका प्रमुख तथा प्रहरी निरीक्षक रामचन्द्र साहले बताउनुभयो । नगरपालिका हल परिसरमा प्रहरीले कार्यक्रम गर्न नदिएपछि अहिले आन्दोलनकारीहरुले नगपालिकाको गेटबाहिर कार्यक्रम गरिरहेको प्रहरीले जनाएको छ ।

यता नेकपा पार्टी बेलका नगरपालिकाले पनि विपक्षीले बेमौसमी आन्दोलन गरेर बेलका नगरपालिकामा अतिक्रमण गर्न खोजेको भन्दै एक विरोध जुलुस निकालेर अहिले स्थानीय बुद्धचौकमा सभा गरिरहेको प्रहरीले उल्लेख गरेको छ । बेलकामा दिनदिनै कोरोना सङ्क्रमण बढ्दै गइरहेको र केही दिनदेखि यता बेलकाको बरगाछी तथा रामपुर बजार क्षेत्रलाई सिल गरेर हिँड्डुल आवतजावतमा रोक लगाइएको भए पनि राजनीतिक दलले त्यसलाई बेवास्ता गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने