२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यालयमै प्रमुखलाई कुटेर कानुनबाट बच्न यौन दुर्व्यवहारको आरोप !

२०७७, १८ श्रावण आईतवार १६:२७

साउन १८, विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई उनकै कार्यालयका करार कर्मचारीले कुटेका छन् । 

शुक्रबार विहान करिब ११ बजे कार्यकक्षमा प्रवेश गरेका कर्मचारी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले सञ्जेलमाथि कुटपिट गरेका थिए । कुटपिटबाट सञ्जेलको अनुहार र हातमा चोट लागेको छ ।

संजेलले आफूलाई कुटपिट गर्ने कर्मचारी बिरुद्ध मुद्धा दिएपछि उक्त मुद्धाबाट बच्न महिलाहरुले भने उपसचिव सञ्जेलले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएका छन् । तर महिलाहरुको आरोप प्रमाणित हुने आधार नभएको भन्दै प्रहरीले उनीहरुको मुद्दा  लिएको छैन । महिलाहरुले ओरेक नेपाल नामक संस्थाको सहयोगमा यौन दुर्व्यवहारको जाहेरी दर्ता गराउन कोसिस गरेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का कार्यालय प्रमुखलाई कुटपिट गरेपछि महिलाले दुर्व्यवहारको आरोप लगाएको बताएका छन् । उनले भनेका छन् 'दुर्व्यवहार भएको भए कारवाहीका लागि कानुन थियो, कार्यालय प्रमुखलाई कार्यकक्षमा कुटपिट गरेपछि आरोप लगाएको देखियो ।'

प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । संजेलले आफूमाथि कुटपिट गर्नेहरुमाथि ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । तर प्रहरीले अभद्र व्यवहारमा जाहेरी दर्ता गराएको र आइतबार म्याद थप गरेको छ । 

कर्मचारीहरु बर्खास्त 

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने कर्मचारीलाई कामबाट निकालेका छन् ।

सञ्जेलले शुक्रबार करारमा कार्यरत नायव सुब्बा निर्मलकुमार दाहाललाई कामबाट निकालिलेका थिए । दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला)का बहिनी ज्वाई हुन् । त्यही कारण आफूमाथि योजनावद्ध रुपमा आक्रमण भएको संजेलले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने