२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

‘पाँच दिनपछि बल्ल पेट भरियो’

२०७७, १९ श्रावण सोमबार ०५:३१

साउन १९ , टीकापुर (रासस) । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ । अविरल वर्षापछि यही साउन १४ गते आएको बाढीमा परी मृत्यु भएका तीन जनाका परिवारलाई रु २५/२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले जानकारी दिनुभयो । 

बाढीमा मृत्यु भएका भजनी–८ जनकपुरका एजिकल चौधरी, काँढाढिकका  ईश्वर शाह र  चक्र विकका परिवारलाई सहयोग प्रदान गरिएको हो ।  उहाँले भन्नुभयो, “रकमसँगै आवश्यक खाद्यान्न र लत्ताकपडासमेत उपलब्ध गराएका छौँ, सरकार दुःखमा पनि साथमा छ भन्ने आभाष दिलाउन सहयोग गरेका हौँ ।” उपप्रमुख देवकोटाले नगरपालिकाले बाढी पीडितलाई सहयोग उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसँग समेत थप सहयोग माग गरेको जानकारी  दिनुभयो । 

पाँच दिनपछि खाना 

बाढीले विस्थापित भजनीका पीडितले पाँच दिनपछि आइतबार खाना पाएका छन् । विस्थापितलाई सडकमै सामूहिक मेस सञ्चालन गरिएपछि पेटभरि खाना खाएका पीडित खेमराज पाण्डेले बताउनुभयो । भजनी–८ को सोनाफाँटामा सामूहिक मेस सञ्चालन भएपछि ५०० ले खाना खाएका छन् ।

ईश्वर प्रेमी सेवा आश्रम जानकी गाउँपालिकाले बाढी पीडितको भोक मेटाउन पथरैया पुलमा सामूहिक मेस सञ्चालन गरेको हो । “पाँच दिनपछि दालभात खान पाइयो, बल्ल पेट भरियो”, पीडित सुन्ता विकले भन्नुभयो, “जति आए चिउरा र चाउचाउ दिए, दालभात पनि खान पाइयो, पेट भरियो ।”

भजनी–८ कै सुरवी चौधरीको चार वर्षको छोराले पनि पेटभरि दालभात खाएको छ । “आमा भात खाने भनी सताउँथ्यो, बच्चाले अन्य खानेकुरा खाएर चित्त बुझाएकै थिएन”, सुरवीले भन्नुभयो, “आज बच्चाले धित मारेर खाएको देख्दा झन पीडा भएको छ । हाम्रो जिन्दगी यस्तो भोक र त्रासमा सडकमा बास भएको छ ।” ईश्वरप्रेमी सेवा आश्रमका पिठाधीश ईश्वर चैतन्य महाराजले यस्तो विपत्तिमा भोक मेट्ने अधिकार सबैलाई छ भनी आश्रमले सकेको सहयोग गरेको बताउनुभयो । 

भजनी नगरपालिकाले पनि पीडितलाई राहत वितरण शुरु गरेको छ । भजनी–३ ले राहत सामग्री वितरण थालेको छ । वडाले मन्त्रीफाँटा, सिमलटारी, नयाँबस्ती, डेली चितवन र बर्दुवाफाटामा गरी १२० परिवारलाई राहत बाँडिएको वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो । उहाँले बाढी पीडितलाई त्रिपाल, चाउचाउ, भुजा, बिस्कुट, पानी, एक्वागार्डजस्ता अत्यावश्यक सामग्री वितरण गर्न थालेको बताउनुभयो । 

नगरपालिकाले ८ नं वडामा पनि राहत सामग्री वितरण शुरु गरेको छ । वडाको खैरागाउँका २६४ परिवारलाई त्रिपाल, चाउचाउ, भुजा, बिस्कुट र पानी वितरण गरिएको वडाध्यक्ष पङ्कज चौधरीले जानकारी दिनुभयो । “सडकमा बसेकालाई राहतमा खाद्यान्न दिन कठिन छ, उनीहरु घर फर्किएपछि राहत दिइनेछ”, उहाँ भन्नुहुन्छ, “अहिले अत्यावश्यक सामान दिन थालेका छौँ । अझै विस्थापित घर फर्कने वातावरण छैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै