२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा लकडाउन

२०७७, २२ श्रावण बिहीबार ०३:२५

साउन २२, सिरहा | सिरहाको मिर्चैया  नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो ।

नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिनुभयो । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंग आग्रह गरेको छ । 

यसैबीचकोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती सङ्क्रमणलाई जित्न सफल भएका छन् । होम आइसोलेसनमा बस्नुभएका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उहाँकी ३२ वर्षीया श्रीमती बिन्दाले कोरोनालाई जित्नुभएको हो । 

ती दम्पतीले  आत्मबल बलियो बनाई स्वास्थ्यकर्मीको सुझावअनुसार नियमितरुपमा तातोपानी तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गरेकाले कोरोनालाई सजिलै जितेको बताउनुभयो ।

भारतबाट परिवारसहित फर्किनुभएका राजविराजका एक वृद्धको यही साउन १ गते कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । ती वृद्धको प्रत्यक्ष सम्पर्कमा आउनुभएका यादवको पनि स्वाब सङ्कलन गरी परीक्षण गर्दा  साउन ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित दम्पतीको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै